काठमाडौँ, १७ भदौ ।  गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् ।

Advertisement

देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय मात्रै होइन, भर्खर स्थापना भएका विश्वविद्यालयसमेत धमाधम नयाँ कलेज खोज्ने र नयाँ–नयाँ कार्यक्रम दिने व्यापारमा लागेका छन् । निश्चित कुनै उद्देश्यका लागि खोलिएका विश्वविद्यालयले आफ्नो फ्याकल्टी नभएका विषयमा समेत स्वीकृति दिएका छन् ।

आवेदन दिएका कलेजलाई विश्वविद्यालयले धमाधम सम्बन्धन तथा नयाँ कार्यक्रम दिन थालेपछि सरकारले रोकेको थियो । मन्त्रिपरिषद्बाट निर्णय गरेरै सरकारले सम्बन्धन अगाडि नबढाउन विश्वविद्यालयहरूलाई पत्र पठाएको हो ।

तर, पछि विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यक्रम थपको लागि खुला गरेपछि अधिकाशं विश्वविद्यालयले त्यसकै नाममा व्यापार सुरु गरेका छन् ।

आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीले कार्यक्रम थपका लागि विश्वविद्यालयले विज्ञापन गर्दा त्यही विषयमा मात्र गर्नुपर्ने बताए । स्नातकमा व्यवस्थापन सञ्चालन गरेको छ भने व्यवस्थापनको मात्र कार्यक्रम थप गर्न पाउने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!