काठमाडौँ, १७ भदौ । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।

Advertisement

जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४/१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए ।

मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन/तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!