ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङमा आज सम्पन्न पाथीभरा गोल्डकपको उपाधि झापाको रेड स्टार क्लबले जितेको छ ।

Advertisement

अतिरिक्त समयको सदुपयोग गर्दै आफ्नै जिल्लाको टिम न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किकमार्फत क्याप्टेन कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए ।

यता उपविजेता बनेको झापाकै न्यु स्टार न्यु स्टारका लागि विजय राईले पहिलो हाफमा एक गोल गरेका थिए । खेल बराबरीकै अवस्थामा निर्धारित समय सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमस रु तीन लाख एक हजार १११ र एक लाख ५१ हजार १११ नगदसहित ट्रफि प्रदान गरिएको छ । प्रतियोगितापछि समापन समारोहमा सांसद योगेश भट्टराईले पुरस्कार प्रदान गर्नुभयो ।

खेलकूदको माध्ययमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरी जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष मोती पतंवाले बताउनुभयो ।

लाखेजात्राको अवसरमा विसं २०२९ देखि प्रत्येक वर्ष खेल हुँदै आएपनि विसं २०७४ देखि भने नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!