प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई निस्तेज गर्ने : प्रहरी महानिरीक्षक
कलैया, १८ भदौ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र र नेपाली नागरिकको सेवामा सदैव समर्पित रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक खनालले दोषीलाई नछोड्ने र निर्दोषला...






























