संगालोखबर सम्वाददाता

धनकुटा, १६ भदौ । धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाले तीजको अवसर पारेर शनिवार शुभकामना आदानप्रदान तथा फलफूल वितरण कार्यक्रम गरेको छ ।

सहकारी संस्थाले जिल्ला कारागारका महिला कैदिबन्दी र जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरेको सहकारी संस्थाकी अध्यक्ष तारा तितुङले जानकारी दिईन् ।

उनका अनुसार फलफूल वितरण पश्चात शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, इन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, अन्तरपाटी महिला संजालका संस्थापक अध्यक्ष टिका भण्डारी, पत्रकार महासंघका प्रदेश उपाध्यक्ष स्मिता निरौला लगायतले तीजको शुभकामना ब्यक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!