सुनसरीमा फेसबुक मार्फत सम्बन्ध बढाएर बलात्कार गर्ने युवक पक्राउ
विराटनगर, २५ पुस । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई आज पक्राउ गरिएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालयको जानकारीअनुसार इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
राईले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई जागिर लगाइदिने भन्दै गत यही पुस २० गते धरानमा भेटघाट गरी इटहरीको एक होटलमा बन्धक बनाइ मङ्गलबार...































