काठमाडौँ, २४ फागुन । स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ ।

आज काठमाडौँमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । त्यस्तै प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।

सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!