काठमाडौँ । पछिल्लो समय नेपालमा पुरानो गीतहरुलाई रिमेक गरी फिल्ममा समाबेस गर्दै आएको छ । फिल्म ‘वीरविक्रम २’ ले ‘पिरतीको मिठो तिर्सना’ भन्ने पुराना गीत समाबेस गरेको हो भने यस्तै फिल्म ‘यात्रा’ ले पनि ‘चट्ट रुमाल’ गीत समाबेस गरेको छ ।

Advertisement

‘वीरविक्रम २ ‘ को गीतलाई दर्शकले रुचाइएको छ । तर ‘चट्ट रुमाल’ ले भने गाली पाएको छ । रिमेक गरिएका यो गीतमा धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यो गीतलाई दर्शकहरुले रुचाएको छैन ।

‘चट्ट रुमाल’ सुपरहिट फिल्म ‘आफनो मान्छे’ को सुपरहिट गीत हो । यसमा सञ्चारकर्मी बाबुराम दाहालको शब्द ,शम्भुजित बास्कोटाको संगित र शम्भुजित र साधना सरगमको आवाज रहेको थियो ।

गीतमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहले नृत्य गरेका थिए । गीतले छुट्टै इमेज बनाइसकेको थियो । तर रिमेकमा दर्शकहरुले गायिका मेलिना राईको स्वर मिठो भए पनि गायक धर्वेन्द्र सेवानको स्वर नभएको, कोरियोग्राफी र कलाकारहरुको नृत्य पनि राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।

गीतले नकरात्मक प्रतिक्रिया धेरै पाएको छ । रिमेकमा नायक सलिनमान सलोन बस्नेत , डेब्यु नायिका मलिका महत ,जान्हवि बस्नेत लगायत कलाकारको फिर्चड रहेको छ । यो गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!