लहान, ९ चैत । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Advertisement

घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करीब रु एक लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!