काभ्रेपलाञ्चोक, ८ चैत । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको छ ।

Advertisement

बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा आज करीब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकलमा सवार केसीको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

जुना श्रीमान् ४७ वर्षका देवबहादुर केसीसँग मोटरसाइकलमा घर फर्कंदै हुनुहुन्थ्यो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक देवबहादुर केसीकोे सोही अस्पतालमा उपचार भइरहेको छ । जुनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक हेटौँडा निवासी रामभाई गोपालीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!