काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलव्ध गराउने भएको छ। बिमाको प्रिमियम रकम पनि २५ सयबाट वढाएर ३५ सय पुर्याइएको छ।

Advertisement

बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, ०७५’ सरकारले स्वीकृत गरेको छ। नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सम्पूर्ण जिम्मा सरकारले लिने व्यवस्था छ।

७० वर्ष माथिकालाई छुट्टै इकाइ मानेर थप १ लाख रुपैयाँसम्मको सेवा दिइने छ। प्रिमियम रकम पनि प्रतिपरिवार पाँच जनासम्मका लागि ३५ सय तोकिएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!