८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पतालले सोध्यो डा.केसीलाई स्पष्टीकरण, रोकियो तलब
काठमाडौं, १४ चैत । पटक–पटक अनशन बसेर चर्चा कमाउँदै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेका कारण तलब रोक्का गरिएको अस्पतालले जनाएको छ ।
यहि बिषयमा अस्पतालले डा.केसीलाई स्पष्टीकरणसमेत सोधेको छ । तर, जवाफ चित्त बुझ्दो नआएको स्रोतको भनाई छ । डा.केसीले पछिल्लो पटक अनशन बस्दा अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए ...































