बारा र पर्सामा विनाशकारी हावाहुरी: कम्तीमा २७ को मृत्यु ४०० भन्दा बढी घाइते
काठमाडौँ,१८ चैत । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले गोरखापत्रसँग राति १२ बजे कुरा गर्दै भन्नुभयो, “बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी २७ जनाको निधन भएको जानकारी आएको छ । ” उहाँले ४०० भन्दा बढी...































