संगालोखबर सम्वाददाता

धनकुटा, २८ भदौ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाले आउँन लागेका चाडपर्वको शुभकामना आदान–प्रदान गरी बुधबार पत्रकारहरुलाई हाउजी बिंगो खेल खेलाएको छ ।

बिजया दशमी, दीवापली, छैठ र उधौली पर्वको शुभकामना आदानप्रदान गरी पत्रकारहरुवीच हाउजी विंगो खेल खेलाईएको हो ।

Advertisement

कार्यक्रममा हेल्थ साईन्सका प्रमुख राम नारायण प्रसाद ‘रामा’ र पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

शुभकामना आदानप्रदान पश्चात खेलाईएको हाउजी विंगो खेलमा आर्थिक अभियान दैनिकका पत्रकार नारायण कुमार आठपहरियाले ‘हाउसफूल’ पारेर पुरस्कृत भएका छन ।

त्यस्तै गोरखापत्रका नगेन्द्र राईले ‘क्विक फाईव’, रेडियो मकालुका सोविस चेम्जोङले ‘फोर कर्नर’, देवकला कार्कीले ‘क्विक फाईव’, वालिका मादेनले ‘थर्ड लाईन’ र सुरेन्द्र मग्रान्तिले ‘फस्ट लाईन’ मिलाउँदै पुरस्कृत भएका छन ।

त्यस्तै रेडियो लालिगुँरासका भीम मल्लले ‘क्विक फाईव’ र रेडियो नेपालकी शर्मिला विकले ‘सेकेण्ड लाईन’ मिलाउँदै पुरस्कार पाएका छन । बिजेताहरुलाई हेल्थ साईन्सका प्रमुख रामाले पुरस्कार प्रदान गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!