काठमाडौं, ९ कार्तिक । यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।

Advertisement

बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।

नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताए ।

खेल क्रिडा शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ । त्यसमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!