काठमाण्डौ, ९ कार्तिक । नेकपा माओवादी कैन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्व नेपालको तराई–मधेश लगायत देशका सबै क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायको ऐतिहासिक पर्व भउको बताउँदै प्रचण्डले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र प्रगतिको हार्दिक शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा अगाडि लेखिएको छ: 
‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धि हासिल गर्नु र संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु राष्ट्रिय प्राथमिकता हो ।’

‘छठ पर्वको अवसरमा संविधानको कार्यान्वयनमार्फत् समाजवादको आधार तयार पार्ने राष्ट्रिय अभियानमा हातेमालो गर्न मधेशी समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील गर्दछु ।’

‘हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । नेपालको यस ऐतिहासिक बिरासतप्रति गर्व गर्दै सम्पूर्ण मधेशी जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!