काठमाण्डौ, ९ कार्तिक । उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन् । न कुनै चाडपर्व र उल्लासले नै छुन्छ ।

Advertisement

वीर असप्तालमा चार बर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकाी छन् उनी ।

गोरखा फुजेलकी गंगामाया अधिकारीले छोराको हत्यारालाई पक्राउ गरी कारबाही माग राख्दै अनशन सुरु गरेको कात्तिकको दोस्रो साता चार बर्ष पुरा भई पाँच लागेको छ ।

संगै अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ असोज ६ गते निधन भयो । उनका शब अझै शिक्षण अस्पताल, महाराजगन्जमै छ ।
अझै कति दिन यसरी बस्नुहुन्छ ? ‘सास छउन्जेल,गांमाया भन्छिन् माग पुरा भए भने हो, नत्र म जिउँदै यहाँबाट निस्कने छैन ।’

छोराको हत्यारालाई कारबाही हुनेपर्ने माग राख्दै गंगामाया र नन्दप्रसाद दम्पतीले २०७२ पुस ६ गते सर्वोच्च अदालतले उनको छोरोको हत्या अभियोग लागेका ब्यक्तिलाई पक्रेर अनुसन्धान सुरु गर्न आदेश गरेपछि उनले अनशन तोडेकी थिईन ।

त्यसयता मलाई दुध र सुप खुवाउन थालिएको छ, गंगामाया भन्छिन्, सर्वोच्चलको आदेश पालना हुन्छ कि भनेर मैले थप दुई बर्ष कुरेँ तर भएन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!