प्रकाश दाहाल अन्त्येष्टिको पशुपति आर्यघाटमा तयारी

प्रकाश दाहाल अन्त्येष्टिको पशुपति आर्यघाटमा तयारी

काठमाडौं, ३ मंसिर । आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल तथा अन्य परिवार सदस्यहरु अन्त्येष्टिका लागि आर्यघाट आइपुगेका छन्। पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अन्त्येष्टिमा सहभागी हुन आइपुगेका छन्। आर्यघाट ल्याउनुअघि शवलाई अन्तिम श्रद्धमाञ्जलीका लागि पार्टी...
पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए

पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए

काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए । प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओव...
पेरिसडाँडाबाट प्रकाशलाई अन्तिम बिदाई

पेरिसडाँडाबाट प्रकाशलाई अन्तिम बिदाई

काठमाडौँ, ३ मंसिर । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिएको छ । पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले अहिले स्वर्गिय दाहालप्रति  श्रद्धान्जली अर्पण गरिरहेका छन् । दाहाललाई श्रद्धान्जली दिन हजारौँको संख्यामा ...
दुई चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ

दुई चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ

काठमाडौं, ३ मंसिर । दुई जना चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिन ज्याओछेङ र वाङ छेनछुङ छन् । त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल ब्यागेज स्क्रिनिङका क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोलामा ती मूर्तिहरु फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरु चाइना इस्टर्न एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चिनको कुमिङ जान लागेका थिए । उनीहरुको विषयमा थप अनुसन...
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

काठमाडौं, ३ मंसिर ।  छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् । तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् । म...
निर्वाचन कार्यालय परिसरमा राखेको बम सेनाद्वारा निष्कृय

निर्वाचन कार्यालय परिसरमा राखेको बम सेनाद्वारा निष्कृय

धादिङ, ३ मंसिर । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आइतबार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ। मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो। जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपा...
वैज्ञानिकले बनाए कार्बनडाइअक्साइड सोस्ने मेसिन

वैज्ञानिकले बनाए कार्बनडाइअक्साइड सोस्ने मेसिन

स्विस वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । के हो यो प्रविधि ? जूरिचको बाहिरी इलाकास्थित हिनविल रिसाइक्लिंग केन्द्रको बाहिर १...
वैदेशिक रोजगार विभागका कर्मचारीबिरुद्ध घूस लिएको आरोपमा मुद्दा दायर

वैदेशिक रोजगार विभागका कर्मचारीबिरुद्ध घूस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं, ३ मंसिर । १० लाख रुपैयाँ घूस काण्डमा वैदेशिक रोजगार विभागका महानिर्देशकसहित तीन कर्मचारी पक्राउ परेेको एक साता नवित्दै विभागकै अर्का एक कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागको तहाचलस्थित श्रम कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर भाग्य नारायण झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । झाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने सेव...
चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

बेइजिङ, ३ मंसिर । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रक...
प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

काठमाडौं,३ मंसिर । प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्। त्यसअघि दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिनेछ। भुषालका अनुसार दिउँसो १ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ। अहिले पुष्पकमल दाहालसहित परिवारका सदस्यहरु र प्रमुख दलका शीर्ष नेताहरु नर्भिक अस्पताल पुगेका छन्।
धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटा,३ मंसिर । पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको चासो बढि रहेको बेला धनकुटामा पनि यसबारे जानकारी दिने उद्धेश्यले पहिलो पटक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । मोफसलका लगानी कर्तालाई शेयर बजार तर्फ आकर्षित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा अजलाईन सेक्युरएटीका सेयर ब्रोकर सुजन निरौलाले सेयर बजारको बारेमा जानकारी गराए । त्यस्तै दोर्दी खोला जल ...
धनकुटामा विप्लव समूहका दुई जना पक्राउ, जिल्ला इन्चार्जसहित १० जना हिरासतमा

धनकुटामा विप्लव समूहका दुई जना पक्राउ, जिल्ला इन्चार्जसहित १० जना हिरासतमा

धनकुटा, ३ मंसिर । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप दुई जना पक्राउ परेका छन । धनकुटा–६ खाल्डेबाट नेकपाका कार्यकर्ता यज्ञ भण्डारी र धनकुटा–१ त्रिसुलेबाट हेम मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई आज दिउँसो र मगरलाई हिजो साँझ पक्राउ गरिएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन । योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या १० प...
यस्ताे छ आज सुनकाे भाउ

यस्ताे छ आज सुनकाे भाउ

काठमाडौं,३ मंसिर । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५६ हजार चार सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंसिर महिना बिहाहको महिना भएकोले अब सुनको कारोबार बढ्ने व्यवसायीहरुको भनाई छ ।
प्रकाशको निधनप्रति एमाले स्तब्ध

प्रकाशको निधनप्रति एमाले स्तब्ध

काठमाण्डौ,३ मंसिर । नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र तथा उक्त पार्टीका केन्द्रीय सदस्य प्रकाशको निधनप्रति नेकपा एमालेले पार्टी स्तब्ध भएको जनाएको छ । प्रकाशको निधनप्रति शोक मनाउन एमालेले पुर्व निर्धारित चुनावी प्रचारप्रसारका कार्यक्रम अपरान्ह २ देखि ३ बजेसम्मका लागि स्थगित गर्ने विज्ञप्ति मार्फत जनाईएको छ । केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष...
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

काठमाडौँ,३ मंसिर । पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत सिधै लाजिम्पाटस्थित निवासमा पुगेर घटनाबारे परिवार र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएर श्रीमति सितासहित थापाथली अस्पताल पुगेका हुन् । पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान नौ बजे हेलिकोप्टरमार्फत उ...
यौन प्रस्ताव अस्वीकार गर्दा पत्नीको हत्या

यौन प्रस्ताव अस्वीकार गर्दा पत्नीको हत्या

एजेन्सी,३ मंसिर । भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् । हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै मंगलबार पत्नी सुमनको हत्या गरेका हुन् । हत्या गर्नुअघि यो दम्पतीबीच केहि समय यौनका बारेमा गम्भीर विवाद चलेको थियो । दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी अधिकारी रमेश जगलानले...
चिया पिउनुहुन्छ ? होसियार ! क्यान्सर हुन सक्छ

चिया पिउनुहुन्छ ? होसियार ! क्यान्सर हुन सक्छ

काठमाडौं,३ मंसिर । नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो । चियाबाट अधिकांश नेपालीको दैनिकी सुरु हुन्छ । तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ । ब्रिटिस मेडिकल जर्नलमा प्र्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने बताएको छ । अपोलो बिएसआर हस्पिटलकी चिफ डाइटिसियन स्विटी यादव दिनमा तीनपटकभन्दा बढी चिया नपिउन सुझाब दिन्छिन् । यस्ता छन्, चिया पिउँदा हुन...
अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत

अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत

काठमाडौं,३ मंसिर । प्रकाश दाहाल निधनको खवरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी पनि बेहोस बनेकी छन् । दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् । उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगेकी थिइन् । उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक रहेका छोरा छन् ।
अस्पताल ल्याईपुर्याउँदा प्रकाशको मृत्यु भईसकेको थियो: चिकित्सक

अस्पताल ल्याईपुर्याउँदा प्रकाशको मृत्यु भईसकेको थियो: चिकित्सक

काठमाण्डौ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई अस्पताल नपुर्याउँदै बाटैमा मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । अस्पताल पुर्याउँदा उनको स्वासप्रश्वास प्रकृया बन्द भइसकेको स्रोतले जनाएको छ । अस्पताल पुर्याएको करिब ९ मिनेटपछि चिकित्सकले उनलाई मृत घो...
सातामा २८.३३ अंक बढ्यो नेप्से

सातामा २८.३३ अंक बढ्यो नेप्से

  काठमाडौं,३ मंसिर । निरन्तर ओरालो लागेको बजारमा सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएपछि गत साता नेप्सेमा केही सुधार देखिएको छ । पाँच दिनका लागि खुलेको बजार तीन कारोबार दिन बढेको थियो भने दुई कारोबार दिन घटेको थियो । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्नेहरू बढेपछि गत साताको तीन दिन बजार उकालो लागेको थियो । तर, सोही गतिलाई निरन्तरता दिन नसक्दा भने पछिल्ला दुई कारोबार दिनमा बजार पुनः ओरालो...
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिकमा, सीता र बिना पनि अस्पताल पुगे

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिकमा, सीता र बिना पनि अस्पताल पुगे

काठमाडौं,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक इन्टरनेशनल अस्पताल पुगेका छन् । उनका साथमा पत्नी सीता दाहाल र प्रकाश दाहालकी पत्नी बिना मगर पनि अस्पताल पुगेकी छिन् । प्रकाशको आज बिहान निधन भएको हो । आज बिहान अचेत अवस्थामा घरमै भेटिएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो । अस्पतालले उनको निधन के कारणले भएको हो भन्नेबारे जानकार...
आइपुगे प्रचण्ड, प्रकाशको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने

आइपुगे प्रचण्ड, प्रकाशको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने

काठमाडौं,३ मंसिर । पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौ आइपुगेका छन् । दाहाल झापाबाट हेलिकोप्टरमार्फत काठमाडौँ आएका हुन् । प्रचण्ड बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न शनिबार झापा पुगेका थिए । झापामा आज बाम गठबन्धनको संयुक्त चुनावी सभा हुँदैछ । पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान नै बजे हेलिकोप्टरमार्फत उनि काठमाडौ आ...
चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार स्थगित

चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार स्थगित

चितवन,३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । माओवादी केन्द्र चितवनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाको वडानम्बर ५ ...
उम्मेदवारहरुमाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

उम्मेदवारहरुमाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ,३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भईरहेकोप्रति घोर निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । चुनावी प्रचार अभियानका क्रममा आईतबार विहान गृहजिल्ला डडेलधुरामा स्थानीय संचारक...
प्रकाश पत्नी मगर तीन वर्षीय छोरासहित काठमाडौं आउँदै

प्रकाश पत्नी मगर तीन वर्षीय छोरासहित काठमाडौं आउँदै

धनगढी,३ मंसिर । पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर छोरासहित काठमडौं उडेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्। उनी तीन वर्षीय छोरासहि काठमाडौं आउँदैछन्। प्रकाश दाहाल निधनको खबरसँगै मगरलाई कञ्चनपुरबाट प्रहरीले विमानस्थल पुर्‍याएको थियो।
लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन

लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन

लमजुङ,३ मंसिर । व्यावसायिक रूपमा पशुपालन गरिन थालेसँगै लमजुङ दूध उत्पादनमा आत्मर्निभर बन्न थालेको छ । प्रत्येक वर्ष दूध उत्पादन बढेसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशुसेवा कार्यालय लमजुङले जानकारी दिएको हो । व्यावसायिक पशुपालनले बढायो उत्पादन जिल्लामा पछिल्लो समय किसानले उन्नत जातका गाईभैँसी पाल्न थालेका छन् । संख्यात्मक रूपमा किसान संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रूपमा दूध उ...
मतदान अधिकृतलाई प्रशिक्षण

मतदान अधिकृतलाई प्रशिक्षण

बैतडी,३ मंसिर ।  मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ । जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ । मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु ग...
पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ,३ मंसिर । काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो । पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज...
पाँचथरमा निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न ११ जना पक्राउ

पाँचथरमा निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न ११ जना पक्राउ

पाँचथर,३ मंसिर । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन् । त्यस्तै सोही गाउँपालिका–५ का जितबहादु...
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहालको निधन भएको छ । आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्या...
प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात

काठमाडौं, ३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठ...
error: Content is protected !!