लमजुङ, १ माघ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताउनुभएको छ ।

लमजुङ सदरमुकाम बँेसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उहाँले भन्नुभयो– “फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ ।”
नेकपा (एमाले) वरिष्ठ नेतासमेत रहनुभएका खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताउनुभयो ।

“हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ”– उहाँले भन्नुभयो, “संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्छ ।”

नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताउनुभयो ।

हामीले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र अझै कलिलो छ”– उहाँले भन्नुभयो, “अब बन्ने सरकारले सबैभन्दा पहिला लोकतन्त्रलाई बलियो र संस्थागत गर्नेछ ।”

नेता खनालले संविधानले सबै जातिको मौलिक अधिकार सुनिश्चित गरेको पनि बताउनुभयो । लिःल घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा मुलुकभरीबाट घले समुदायको सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!