रासस

तुलसीपुर, दाङ, १ माघ। अठ्ठाइसौँ राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटनअघि बिहान १० बजे तुलसीपुरमा प्रभातफेरी र उद्घाटन अपराह्न १ बजे हुनेछ ।

Advertisement

प्रतियोगिताको पहिलो खेल सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ र मध्यपश्चिम विकास क्षेत्र तथा दोस्रो मध्यमाञ्चल क्षेत्रीय टोली र सुदुरपश्चिमाञ्चल क्षेत्रीय टोलीबीच हुनेछ । प्रतियोगिताको अन्तिम खेल माघ ६ गते घोराहीमा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!