त्रिपोली, १ माघ।  लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ ।

Advertisement

जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षकाबीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुक मार्फत् जानकारी दिनुभएको जानकारी अनुसार नौ जनाको विभिन्न दुई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँले भन्नुभयो, “मिटिगा विमानस्थलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरूको प्रारम्भिक विवरण अनुसार पाँच जना मिटिगा अस्पतालमा र अरु चार जनाको ताजुरामा रहेको मुटु शल्यक्रिया अस्पतालमा मृत्यु भएको छ ।”
उहाँले घटनामा परी घाइते भएकाहरुको संख्याका बारेमा भने स्पष्ट जानकारी नभएको बताउनु भएको छ ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पुर्ब तर्फ पर्दछ । यो आम नागरिकले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो । जहाँ सन् २०१४ मध्यतिर विद्रोही लडाकूहरुले आक्रमण गर्दा भएको झडपपछि पुरै क्षति पुगेको थियो ।
उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागु गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!