कान्तिपुर

काठमाडौं,२ माघ। लामो समयको अन्योलपछि सरकारले आज प्रदेश प्रमुख र कार्यलय रहने अस्थाई मुकाम तोक्ने भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ४० दिनसम्म पनि प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला मन्त्रीपरिषदको आज बैठकले यसबारे निर्णय गर्न लागेको हो ।

Advertisement

मन्त्रीपरिषद बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह साढे ४ वजे बस्दैछ । प्रदेश प्रमुखको नियुक्ती र अस्थायी मुकाम तोक्ने विषयमा आजको मन्त्री परिषद बैठकले निर्णय गर्ने कानून मन्त्री यज्ञवहादुर थापाले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख नियुक्ती र अस्थायी मुकाम तोक्न विलम्व हुँदा निर्वाचन आयोगले प्रदेश सभातर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्न सकेको छैन । प्रदेशतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको १ हप्ताभित्रमा जनप्रतिनीधिले प्रदेश प्रमुखबाट सपथ खानुपर्ने संवैधानिक व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!