राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी

काठमाडौं, ११ माघ। राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर १ मा १२ जना, प्रदेश २ मा ९ जना, प्रदेश ३ मा १७ जना, प्रदेश ४ मा १२ जना, प्रदेश ५ म...
जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता

काठमाडौं, ११ माघ। अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ। अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँ...
२०७४ माघ ११ गते बिहीबारको राशिफल

२०७४ माघ ११ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल माघ ११ गते। बिहीबार। इश्वी सन् २०१८ जनवरी २५ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– अष्टमी, १०:३० बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्...
कारबाहीमा २३ जना आतङ्ककारी मारिए

कारबाहीमा २३ जना आतङ्ककारी मारिए

जलालाबाद, अफगानिस्तान, १० माघ। आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन् । पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टाभित्र बुधबार बिहानसम्म पनि जारी सो कारबाहीका क्रममा ती लडाकू मारिएका जारी विज...
भूपू सैनिक सम्मेलन माघ दोस्रो सातादेखि

भूपू सैनिक सम्मेलन माघ दोस्रो सातादेखि

काठमाडौँ, १० माघ। नेपाली सेनाले प्रदेश नं १, २ र ३ अन्तर्गतका विभिन्न जिल्लामा यस वर्षको भूपू सैनिक सम्मेलन यही माघको दोस्रो सातादेखि गर्ने भएको छ । सम्मेलनको क्रममा भूपू सैनिक र बहालवाला सैनिकका परिवारजनलाई लक्षित गरी बृहत् स्वास्थ्य शिविर सञ्चालन हुनका साथै भूपू सैनिक परिचयपत्र र निवृत्तिभरण कार्ड वितरण एवं कानूनी परामर्श सेवा प्रदान गरिने नेपाली सेनाले जानकारी दिएको छ । लघुवित्त कार्यक्रम...
आलेख: सेवाका नाममा व्यापार भयो सार्वजनिक यातायात

आलेख: सेवाका नाममा व्यापार भयो सार्वजनिक यातायात

काठमाडौँ, १० माघ। देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ । निजी व्यवसायीको भरमा करिब ४० लाख जनसंख्या रहेको राजधानी शहरका कुनै पनि भागमा सहज रुपमा यातायात पाइँदैन । एउटा मार्गमा एउटै यातायात समितिको एकाधिकार छ । अर्को संस्थाका सवारी त्यहाँ गुड्न पाउँदैनन् जसलाई व्यवसायी आलोपालो ...
डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

काठमाडौँ, १० माघ।  दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर ...
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर, १० माघ। मोरङको सुन्दरहरैंचा नगरपालिकाका अलगअलग स्थानमा भएका घटनामा परेर बुधबार दुईजनाको मृत्यु भएको छ। सुन्दहरैंचा २ सलकपुरमा दुईवटा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ। को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल ठोक्किएर कानेपोखरी गाउँपालिका २ का ५० वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए। दुर्घटनामा परेर गम्भीर घाइत...
स्वास्थ्यका लागि कति खतरनाक मोबाइल फोनको रेडिएसन ?

स्वास्थ्यका लागि कति खतरनाक मोबाइल फोनको रेडिएसन ?

एजेन्सी: मानिसको जीवनको अभिन्य अंग बनिसकेको मोबाइल फोनको रेडिएसनबारेमा तपाईँलाई कति थाहा छ ? मोबाइलको प्रयोगमा अभ्यस्त हुनेहरुले रेडिएसनबारेमा पनि ज्ञान राख्नु जरुरी हुन्छ । यो रेडिएसन कयौँ किसिमको हुन्छ भने यसले नै मानिसलाई बिरामी पनि बनाउन सक्छ । आधुनिक जीवनशैलीमा मोबाइल फोन सबैभन्दा अहम बस्तु भइसकेको छ। हामी मोबाइलबिना एक मिनेट पनि रहन सक्दैनौँ । तर तपाईँले कहिले यी मोबाइल फोनबाट निकाल्ने रे...
दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

चितवन, १० माघ।  आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो । “लक्ष्यभन्दा ११०.३७ प्रतिशत ...
विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण सुरु

विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण सुरु

कोलम्बो, १० माघ। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमेसिंगेले अनावरण गरेसँगै बुधबार कोलम्बोबाट यसै वर्ष रुसमा हुने फिफा विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण औपचारिक रुपमा सुरु भएको छ। विश्वकपअघि संसारभर फुटबलको लोकप्रियता बढाउँदै विश्वकपप्रति चासो जगाउने उदेश्यमा गरिएको टुरअन्तर्गत यसपाली ट्रफीले ५१ देशको भ्रम्ण गर्नेछ। सेप्टेम्बर ९ मा मस्कोबाट सुरु गरिएको टुरअन्तर्गत २०१७ भित्रमा ट्रफीले ...
शहीद सप्ताह शुरु: पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

शहीद सप्ताह शुरु: पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

काठमाडौँ, १० माघ। देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले आजदेखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शहादत प्राप्त गर्नुभएको टेकू खरिबोटमा उहाँको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ । माल्यार्पण गर्ने क्रममा कामपाका प्रमुख शाक्यले श...
पाँचखालमा विषादी न्यूनीकरण अभियान

पाँचखालमा विषादी न्यूनीकरण अभियान

बनेपा, १० माघ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ । ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक मलको प्रयोगमा ९० प्रतिशतले कमी ल्याइने लबग्रिन नेपालका कार्यक्रम निर्देशक नाराय...
एक वृद्ध पाँच दिनदेखि बेपत्ता

एक वृद्ध पाँच दिनदेखि बेपत्ता

जितपुर कपिलवस्तु, १० माघ।  यहाँ एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन् । कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किनुभएका बानियाँ आजसम्म पनि घर नफर्केपछि आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । बानियाँको मानसिक सन्तुलन गुमेको र औष...
साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

काठमाडौँ, १० माघ।  नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताउनुभएको हो । अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्...
ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र गतिमा

ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र गतिमा

वीरगञ्ज, १० माघ। छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक ९पटरी० ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा...
मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण

मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण

काठमाडौँ, १० माघ।  प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा आगामी सोमबार राजधानी आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको हकअधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्के...
नगर प्रमुखको घर परिसरमा बम विस्फोट

नगर प्रमुखको घर परिसरमा बम विस्फोट

धनगढी,१० माघ।  कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ । हावा हुरीसँगै वर्षा भइरहेको समयम...
पेस्तोल देखाएर लुटपाट

पेस्तोल देखाएर लुटपाट

भक्तपुर, १० माघ। भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आ...
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

पोखरा, १० माघ।  पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला...
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु

काठमाडौँ, १० माघ। राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु भएको छ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ। उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ। प्रत्येक प्रदेशबाट तीन महिल...
मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङ ,१० माघ। मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ भने १० पर्यटक सम्पर्कविहीन भएका छन् । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । हिजो बेलुकी मात्र जिल्ला भित्रिएक...
भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुर, १० माघ। जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिनुभयो । निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत...
विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

गोरखा, १० माघ। गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । “हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “हिउँ ...
आज मुलुकभर वर्षाको प्रभाव

आज मुलुकभर वर्षाको प्रभाव

काठमाडौँ, १० माघ।  पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ । साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उहाँ...
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि

काठमाडौँ, १० माघ। राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हुदैछ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ । प्...
डाँडागाउँमा खानेपानी आयोजना निर्माण हुँदै

डाँडागाउँमा खानेपानी आयोजना निर्माण हुँदै

धनकुटा, १० माघ । खानेपानी समस्या झेल्दै आएका महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित थामडाँडा र भञ्जयाङ्गका स्थानीयका लागि खानेपानी आयोजना सञ्चालन हुने भएको छ । थामडाडा खानेपानी तथा सरसफाई आयोजनामार्फत खानेपानी आयोजना निमार्णको काम भईरहेको छ । फण्ड बोर्ड काठमाण्डौको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा ९५ लाख ७९ हजारको लागतमा खानेपानी ब्यवस्थापन गर्न लागिएको आयोजनाका सरसफाई अधि...
चुरे क्षेत्रमा चोरी-शिकारी रोक्न जनप्रतिनिधिको चासो

चुरे क्षेत्रमा चोरी-शिकारी रोक्न जनप्रतिनिधिको चासो

कञ्चनपुर, १० माघ।  कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् । चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि आग्रह गरेका छन् । “चोर...
पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

बैतडी, १० माघ। बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न न...
मनाङमा भारी हिमपात

मनाङमा भारी हिमपात

मनाङ, १० माघ। मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मना...
प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

काठमाडौं, १० माघ। केन्द्रीय सरकारले प्रदेश सरकारका लागि आवश्यक ६ वटा ऐन र २ वटा नियमावली बनाउने भएको छ । प्रदेश सरकारले आफ्नो काम सुरु गर्नुअघि नै कानुन आवश्यक पर्ने भएका कारण केन्द्रीय सरकारले कानुन बनाउन लागेको हो । सामान्य अवस्थामा आफ्ना लागि कानुन बनाउने जिम्मा प्रदेशकै हुन्छ । प्रदेशसभाले प्रदेशको राज्य सञ्चालनका लागि आवश्यक कानुन बनाउँछ । केन्द्रीय सरकारले बनाएका कानुनलाई प्रदेश सरकारले ह...
error: Content is protected !!