सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ, १९ माघ ।  गत असोजमा गरेको चार बुदेँ सम्झौता कार्यान्वयनका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र संघबीच भएको सम्झौतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरी बिना धरौटी हिरासतमा लिई कानून बमोजिम कारबाही प...
प्रचण्ड स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

प्रचण्ड स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

काठमाडाै‌, १९ माघ । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटघाट भएको छ । भेटपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले दुर्इ देशबीचको सम्बन्धलार्इ अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भएको बताए । दाहालले भने, "विदेशमन्त्री स्वराजले चुनावपछिको तयारी र नयाँ सरकार गठनका विषयमा जिज्ञासा राख्नुभयो र...
मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान, १९ माघ । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय ब...
सरकारी वृद्धाश्रम दाताको सहयोगमा धानिँदै

सरकारी वृद्धाश्रम दाताको सहयोगमा धानिँदै

चितवन, १९ माघ । पवित्र तीर्थस्थल देवघाट धाममा सरकारी तवरबाट सञ्चालित वृद्धाश्रम दाताको सहयोगबाट धानिएको छ । विगत केही वर्षयतासम्म सरकारी बजेटको अभावमा दैनिक खाद्यान्न जुटाउन कठिन परेको देवघाट समाज कल्याण केन्द्रमा पछिल्ला वर्षमा खाद्यान्न र लत्ताकपडा किन्नु परेको छैन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको यस केन्द्रमा नौ वृद्ध र १९ जना वृद्धा रहेका छन् । केन्द्रको व्यवस्थापन हेर्दै आ...
साहित्यकार मनु ब्राजाकी को निधन

साहित्यकार मनु ब्राजाकी को निधन

काठमाडौँ, १९ माघ । साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन । उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ...
रोल्पामा मकै छोडाउने कर्न सेलरको माग बढ्दै

रोल्पामा मकै छोडाउने कर्न सेलरको माग बढ्दै

लिबाङ, रोल्पा, १९ माघ । रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् । विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाविसमा कर्न सेलर प्रदर्शनीपश्चात् वितरण गरेपछि यसको माग बढ्दै गएको हो । कार्यक्रम लागू भएका साविकका थबाङ, मि...
अदुवा निकासीमा लगाइएको भारतीय प्रतिबन्ध खुल्ला

अदुवा निकासीमा लगाइएको भारतीय प्रतिबन्ध खुल्ला

इलाम, १९ माघ । भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका अदुवा व्यापारी कृष्ण पौडेलले जानकारी दिनुभयो । अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुल...
आलेख: वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

आलेख: वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

सप्तरी, १९ माघ । स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन् । श...
कटारीमा कृषि क्याम्पस सञ्चालन हुने

कटारीमा कृषि क्याम्पस सञ्चालन हुने

गाईघाट, उदयपुर, १९ माघ । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ स्थित सुष्मा मेमोरियल ट्रस्टको नाममा रहेको जग्गामा उदयपुर जिल्लामै पहिलो कृषि क्याम्पस सञ्चालन गर्नका लागि कृषि क्याम्पसको भवन निर्माण शुरु हुन लागेको छ । कटारीमा कृषि क्याम्पस सञ्चालन गर्नका लागि ट्रस्टको नाममा रहेको जग्गामध्य झण्डै आठ बिगाहा जग्गामा चैतको पहिलो हप्तादेखि नै वनविज्ञान र कृषि क्याम्पस भवन निर्माण कार्य शुरु हुन लागेको क...
अनुदानको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग

अनुदानको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग

काठमाडौं, १९ माघ ।  नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री–वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् । संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर...
नगरका चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

नगरका चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि नगरका चार वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । ती विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट र प्राविधिक शिक्षाको पढाइ हुनेछ । पहिलो चरणमा आउँदो शैक्षिक सत्रदेखि एक संस्कृत, एक मदरसा र दुइटासामुदायिक विद्यालयलाई नमुनाका रूपमा सञ्चालन गरिनेछ । महानगरपालिकाप्रमु...
कस्तो अचम्म, माघमा पनि धान रोपाइँ !

कस्तो अचम्म, माघमा पनि धान रोपाइँ !

पथरी, मोरङ, १९ माघ ।  माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् । रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १०...
नेपाल वायुसेवा निगमको उडिरहेको जहाजमा मुसा !

नेपाल वायुसेवा निगमको उडिरहेको जहाजमा मुसा !

काठमाडौं , १९ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा  चालक दलसम्म पुग्यो। अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशकअघि खरिद गरिएको १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको निगमको उक्त जहाज...
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, १९ माघ ।  कपिलवस्तुमा अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको...
वाईफाई भन्दा सयौं गुणा फास्ट चल्ने इन्टरनेट प्रविधि लाईफाई आउदै

वाईफाई भन्दा सयौं गुणा फास्ट चल्ने इन्टरनेट प्रविधि लाईफाई आउदै

एजेन्सी : आधुनिक डिजिटलको संसारमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षण गरिरहेको छ। नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ। एउटा प्रतिवेदन अनुसार भारत सरकारले परीक्षण गरिरहेको यो प्रविधिलाई छिटै प्रयोग ल्याउन सकिने छ। फाइबर नभएको स्थानमा लाईफाई प्रयोग ल्याउन सकिने छ। सुचना प्रविधि मन्त्रलायले लाईफाई पाईलट प्रोजेक्टमा पर...
‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

काठमाडौं, १९ माघ । सामसङले ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा धेरै विशेषताहरु भएको भनिएको उक्त फोनको मूल्य बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । यस ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी दुई सय ५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।यो सामसङको पहिलो डुअल क्यामरायुक्त...
भारततर्फ निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार

भारततर्फ निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार

काठमाडौं, १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक व...
‘छिमेकीसँग मिलेर काम गर्न नेपाल इच्छुक’

‘छिमेकीसँग मिलेर काम गर्न नेपाल इच्छुक’

काठमाडौँ, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ । भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग  भएको भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । भेटमा उहाँले भारतसँग घनिष...
२०७४ माघ १९ गते शुक्रबारको राशिफल

२०७४ माघ १९ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल माघ १९ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी २ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– द्वितीया, १५:४० बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउ...
धनकुटाका प्यारालाइसिस पीडित दर्जीको उपचारमा विदेशबाट सहयोग

धनकुटाका प्यारालाइसिस पीडित दर्जीको उपचारमा विदेशबाट सहयोग

धनकुटा, १८ माघ । प्यारालाइसिस रोगबाट पीडित धनकुटाका एक बिरामीको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दयनीय आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी रोगले थलिएर कष्टकर जिवन बिताईरहेका धनकुटा–३ का ६४ बर्षीय गंगबहादुर दर्जीको उपचारार्थ हङकङमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । हङकङमा बस्दै आएका सुरेश याक्सो लिम्बूको अगुवाईमा उपचार सहयोगार्थ ७३ हजार रकम उपलब्ध गराईएको...
अफ्रिन आक्रमणमा ७९० लडाकू मारिए

अफ्रिन आक्रमणमा ७९० लडाकू मारिए

अङ्करा, टर्की, १८ माघ । सिरियाको अफ्रिन जिल्लामा टर्कीको सैनिकले गत जनवरी २० देखि गरेको सुरक्षा कारबाहीमा अहिले सम्म ७९० जना मारिएका छन् । मारिनेमा कुर्दीस डेमोक्र्याटीक युनियन पार्टी (पीवाईडी), पिपल्स प्रोटेक्सन युनियन (वाईपीजी) र इस्लामिक स्टेट (आइएस)का सदस्यहरू रहेको टर्कीका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । बुधबार र विहीबार रातभरीमा टर्कीको सुरक्षा फौजले आश्रयस्थल, आतङ्कारीहरूको...
चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

बेइजिङ, चीन, १८ माघ । चीनको वाणिज्यमन्त्रालयले अमेरिकालाई व्यापारिक बिषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको पछिल्लो प्रतिक्रिया आएको हो । “व्यापार क्षेत्रमा हामीले संयुक्त राज्य अमेरि...
आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

पोखरा, १८ माघ । पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो । आजको खेलमा पुलिसका सुमन लामाले ...
प्र.अ. ओलीलाई कारबाही गर्न माग

प्र.अ. ओलीलाई कारबाही गर्न माग

ललितपुर, १८ माघ । जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएकाले उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । सात दिनसम्म हराएका बालक जोन तामाङ बुधबार फुलचोकीको जंगलमा भेटिएका हुन् । उनी भेटिनुभन्दा केही दिन पहिले नै प्रहरीले प्रधानाध्यापकलाई तारिखमा छाडिसकेको छ । जोनका ठूलोबुबा दीपक राईले जोन भेटिएकाले आफूहरु खुशी भए पनि प्रअलाई कारबाही हुने/नहुनेमा शंका...
“नेपाल र भारतबीचको सम्बन्ध मेरो भ्रमणले मजबुत बनाउने छ”: स्वराज

“नेपाल र भारतबीचको सम्बन्ध मेरो भ्रमणले मजबुत बनाउने छ”: स्वराज

काठमाडौँ, १८ माघ । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताउनुभएको छ । अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भन्नुभयो, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।” नेपाल भ्र...
भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम

भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम

नयाँ दिल्ली, १८ माघ । भारतमा करिब आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा आयोजनाअन्तर्गत रकम प्रदान गरिने भएको छ । भारत सरकारको यस वर्षको बजेटमा यस्तो आयोजना राखिएको खुलासा भारतीय अर्थमन्त्री अरुण जेट्लीले गर्नुभएको छ । उहाँले यहाँका गरिब नागरिकलाई लक्ष्य गरेर यस्तो आयोजना ल्याउन लागिएको जानकारी नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रममा दिनुभएको हो । सरकारले ल्याउन लागेको सो स्वास्थ्य सेव...
सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज भारतसँग जोडिएका हिमाली, पहाडी र तराईका दशगजामा नेपालको भूमि मिचिने गरी सीमा स्तम्भ गाडिनुका कारणवारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र ...
सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

नेपालगञ्ज, १८ माघ । नेपालगञ्जबाट भारतको लखनउ जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारत बहराइच जिल्लाको रिसिया सडकखण्डमा भएको सो दुर्घटनामा परी नेपालगञ्जका मुनब्बर हल्वाई र टीकापुरका रोशन शाहको मृत्यु भएको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो । युपी ४० एक्स ६८१४ भारतीय नम्बर प्लेटको महेन्द्रा जीप आज बिहान सोही स्थानमा रोकिराखेको युपी २१ ए एन ७०६२ नंको ...
चोरीका चार मोटरसाइकल बरामद

चोरीका चार मोटरसाइकल बरामद

मंगलबारे, इलाम, १८ माघ ।  इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी हवल्दार चारुचन्द ठाकुरको नेतृत्वमा गएको संयुक्त प्रहरी गस्ती टोलीले दुई वटा नम्बर प्लेटबिनाको (अनटेस्ट) मोटरस...
भारतीय बाह्य मामिलामन्त्री स्वराज काठमाडौंमा

भारतीय बाह्य मामिलामन्त्री स्वराज काठमाडौंमा

काठमाडौँ, १८ माघ । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वाग...
धनकुटामा ‘एकल महिला अवसर कोष’ स्थापना गरिने

धनकुटामा ‘एकल महिला अवसर कोष’ स्थापना गरिने

धनकुटा, १८ माघ । मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला कार्यसमिति धनकुटाले ‘एकल महिला अवसर कोष’ स्थापना गर्ने भएको छ । विपन्न एकल महिलालाई आर्थिक रुपमा सवल बनाउने उद्धेश्यले कोष स्थापना गरिने भएको हो । असहाय, अशक्त, विपन्न तथा जोखिममा रहेका एकल महिलालाई सहयोग गर्न कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष मीना राईले जानकारी दिइन् । कोष स्थापनाको लागि माघ २४ गते देखि श्रीमद्भागवत महापुराण सप्...
error: Content is protected !!