इलाम नगरसभाद्वारा छ वटा ऐन पारित
मंगलबारे इलाम, ३० फागुन । विभिन्न छवटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ ।
सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि व्यावसाय ऐन २०७४’, ‘इलाम नगरपालिका बजार अनुगमन ऐन २०७४’ र ‘इलाम नगरपालिका न्यायिक समिति ऐन २०७४’ पारित गरेको हो ।
नगरसभाबाट पारित ऐन एकसाताभित्र प्रमाणीकर...




























