कैलाली, २८ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ । सुख्खड बजारमा रहेको घरमै गएर बेलुकी ८ बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो ।
चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको प्रहारबाट गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद शर्मा घिमिरेले जानकारी दिए ।
चौधरीलाई हाल उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएको छ । उनी अचेत रहेको र अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।