काठमाडाैँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने क्रममा युएस बंगाल विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

विमानस्थलमा ३१ जनाको शव रहेकाे र केएमसी अस्पतालमा ८ जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यलयका प्रहरी सहायक निरीक्षक मिठु खड्काले जानकारी दिएका छन् ।

Advertisement

सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा युएस बंगालको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा चिप्लिएर दुर्घटना भएको हो । विमानमा चालकदलसहित ७१ जना यात्रु सवार रहेका थिए, त्यसमध्ये ३३ जना नेपाली रहेका पुष्टि भएको छ ।

दुर्घटनामा परेकाहरुको उद्धार कार्य जारी रहेको छ । घाइतेहरुको केएमसी, सिभिल, ग्राण्डी लगायतका अस्पतालमा उपचार भईरहेको छ । केएमसी अस्पतालमा मात्र उपचारका लागि लगिएको ८ जनाका मृत्यु भइसकेको छ । विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल पुगेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!