युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान
रोल्पा, ६ चैत । युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ ।
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ...





























