क्यानडाले नेपाललाई दियो १९५ रनको चुनौती

क्यानडाले नेपाललाई दियो १९५ रनको चुनौती

काठमाडौँ, २ फागुन । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हु...
प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त

प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त

उर्लाबारी, मोरङ, २ फागुन ।  प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयमा आयोजि...
नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

काठमाडौँ, २ फागुन । तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो । ट्राफिक व्यव...
प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

काठमाडौँ, २ फागुन । वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डुको आज ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै समापन गरिएको छ । प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य नारा रहेको कार्यक्रममा हजार जनाभन्दा बढी युवा, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो । मास्कमाण्डु एक र दुई पश्चात वायुको गुणस्तरमा सुधा...
सुनसरी चतरा–विद्युत्गृह बन्द

सुनसरी चतरा–विद्युत्गृह बन्द

इटहरी, २ फागुन । सुनसरी जिल्लाको हालको बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्वाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत् उत्पादन कार्य पूर्णरुपमा बन्द हुन पुगेका छन् । बराह क्षेत्रको चतरामा रहेको सिँचाइ नहरमा सप्तकोशी नदीबाट आउने बालुवा छान्नका लागि मूल नहरमा प्रयोगमा राखिएका ड्रेजर मेशिन चलाउनका लागि न...
नेपालकोे अग्नी परिक्षा सुरु: टस जितेर नेपाल क्यानडा विरुद्ध बलिङ गर्दै

नेपालकोे अग्नी परिक्षा सुरु: टस जितेर नेपाल क्यानडा विरुद्ध बलिङ गर्दै

काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङ  रोजेको छ । नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र क्यानडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शी...
पानी जहाज कारखानामा भएको विस्फोटमा परी पाँचको मृत्यु

पानी जहाज कारखानामा भएको विस्फोटमा परी पाँचको मृत्यु

नयाँदिल्ली, १ फागुन । भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान मर्मत कारखानामा सो विस्फोटनको घटना भएको हो । एउटा विमान म...
प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु नियुक्त, सपथ ग्रहण भोलि

प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु नियुक्त, सपथ ग्रहण भोलि

काठमाडौं, २ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । बुधबार बिहान साढे ११ बजे प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् । राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त ...
पुनः निर्माणका लागि गोरखा दरबार भत्काइयो

पुनः निर्माणका लागि गोरखा दरबार भत्काइयो

गोरखा, २ फागुन ।  भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद ...
निःशुल्क उपचार पाएपछि ७५ बर्षीया बृद्धाले भनिन् ‘नोबेललाई आर्शिवाद लागोस्’

निःशुल्क उपचार पाएपछि ७५ बर्षीया बृद्धाले भनिन् ‘नोबेललाई आर्शिवाद लागोस्’

झापा, २ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५ सय बिरामी लाभान्वित भएका छन् । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय कल्याणकारी व्यापारी समूहसँग सहकार्य गरी लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टले शिविर आयोजना गरेको हो । स्थानीय चेतना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरबाट करिब १५ सय बिरामीले उपचार सेवा ...
विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ, २ फागुन ।  सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित...
चट्याङ लागेर २२ जना सैनिक घाइते, पाँचजनाको अवस्था गम्भीर

चट्याङ लागेर २२ जना सैनिक घाइते, पाँचजनाको अवस्था गम्भीर

बैतडी, २ फागुन ।  चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबह...
२०७४ फागुन २ गते बुधबारको राशिफल

२०७४ फागुन २ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल फागुन २ गते। बुधबार। इश्वी सन् २०१८ फेब्रुवरी १४ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्दशी, २४:४४ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।...
धनकुटामा यसरी मनाईयो महाशिवरात्री (फोटो फिचरसहित)

धनकुटामा यसरी मनाईयो महाशिवरात्री (फोटो फिचरसहित)

धनकुटा, १ फागुन । महाशिवरात्रीको अवसरमा धनकुटाका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा विशेष कार्यक्रम गरिएको छ । धनकुटा–७ त्रिवेणी चौकमा रहेको नर्वदेश्वर शिवमन्दिरमा महाशिवरात्री रघुरुत्री तथा लाख वत्ति वालिएको छ । नर्वदेश्वर शिव मन्दिर सञ्चालक समितिको आयोजनामा कार्यक्रम गरिएको हो । यसैगरी ज्येष्ठ नागरिक जिल्ला सघं र विभिन्न उपसमितिको आयोजनामा धनकुटा–५ स्थित तल्लो गोकुण्डेश्वर माविमा रहेको मन्दिर...
प्रदेश नं १ मा सरकार गठनको तयारी शुरु

प्रदेश नं १ मा सरकार गठनको तयारी शुरु

विराटनगर, १ फागुन । प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ । प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा (एमाले)को औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरु भएको हो । नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण ग...
विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल

विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ, १ फागुन । विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो ...
अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी: केही बेर उडान प्रभावित

अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी: केही बेर उडान प्रभावित

काठमाडौँ, १ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । “विमानस्थलको पश्चिम क्षेत्रको ग...
फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने

फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने

बनेपा, १ फागुन । नेकपा ९माओवादी० केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा आज बनेपामा आयोजना गरेको ‘वामपन्थी एकता आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “निर्वाचन आयोगको ढिलाइका कारण सरकार गठन छिटो हुन नसकेको हो ।” नेता पौडेलले नयाँ समाजवादी क्रन्तिको ...
शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्न पार्टी एकता: अध्यक्ष दाहाल

शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्न पार्टी एकता: अध्यक्ष दाहाल

काठमाडौँ, १ फागुन ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा (एमाले)सँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उहाँले बृहद् लक्ष्य पूरा गर्नाका लाग...
कर्जा प्रवाह रोकिएपछि जलविद्युत् आयोजना समस्यामा

कर्जा प्रवाह रोकिएपछि जलविद्युत् आयोजना समस्यामा

काठमाडौँ, १ फागुन । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनन् । चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुने क्रममा रहेका एक दर्जन आयोजना सबैभन्दा बढी मारमा परेको ऊर्जा उद्यमीको ...
ट्रम्प र पुटिनबीच फोनवार्ता: विमान दुर्घटना, उत्तर कोरिया, इजरायल प्यालेस्टाइन विवादबारे कुराकानी

ट्रम्प र पुटिनबीच फोनवार्ता: विमान दुर्घटना, उत्तर कोरिया, इजरायल प्यालेस्टाइन विवादबारे कुराकानी

वासिङ्टन, अमेरिका, १ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मस्कोबाट रसियाकै उत्तरपश्चिमी क्षेत्रका लागि उडेको साराटोभ व...
बीस दिनमा मेलम्ची सुरुङमा ब्रेक थ्रु

बीस दिनमा मेलम्ची सुरुङमा ब्रेक थ्रु

काठमाडौँ, १ फागुन ।  मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्...
स्थानीय पाठ्यक्रममा इलाम र इलामको पर्यटन समावेश

स्थानीय पाठ्यक्रममा इलाम र इलामको पर्यटन समावेश

इलाम, १ फागुन । जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतकोे स्थानीय पाठ्यक्रममा जिल्ला शिक्षा कार्यालयको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ । चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई इलाम र इलामको पर्यटनका बारेमा पनि जानकारी दिने उद्देश्यले सो पा...
आज विश्व रेडियो दिवस: स्रोता घटे पनि महत्व घटेको छैन

आज विश्व रेडियो दिवस: स्रोता घटे पनि महत्व घटेको छैन

रत्ननगर, चितवन, १ फागुन ।  सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोता घटे पनि अझै रेडियोको महत्व भने अझै घटेको छैन । नेपालमा रेडियो स्थापना भएको छ दशक नाघिसकेको छ । सुरुसुरुमा सूचना र प्रविधिको विकास राम्ररी भइसकेको थिएन । तसर्थ उसबेला रेडियोको महत्व ठूलो थियो । अहिले पनि महत्वका हिसाबले एफएम रेडियो अगाडि नै रहेको बताउनुहुन्छ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शीतल महतो । अनलाइन, पत्र...
गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

काठमाडौँ, १ फागुन । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर...
डोलेश्वर, आशापुरी र कैलाशनाथमा दर्शनार्थीको भीड

डोलेश्वर, आशापुरी र कैलाशनाथमा दर्शनार्थीको भीड

भक्तपुर, १ फागुन ।  महाशिवरात्रि पर्वका अवसरमा आज यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरका चारै ढोका त्यहाँको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला राखेको छ । लाम बसेको एक घण्टामै सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको समितिका वरिष्ठ...
ताप्लेजुङमा पाथीभरा महोत्सवको रौनक (फोटो फिचरसहित)

ताप्लेजुङमा पाथीभरा महोत्सवको रौनक (फोटो फिचरसहित)

ताप्लेजुङ, १ फागुन । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन यहाँ आजदेखि शुरु भएको छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव शुरु भएको हो । पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्र्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलखेल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलखेल

दाङ । सरकारले दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई हचुवाको भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्ने निर्णय गरेको खुलासा भएको छ। केहि समयअघि प्रतिष्ठानको उपकूलपतिमा नियुक्ति पाएकी प्रा.डा. संगीता भण्डारीले राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारी चिकित्सकको अस्तित्व नै धरासायी बनाउँदै नियमावली बनाएर सिनेटबाट पास गरेपछि सो कुरा खुलेको हो । मस्यौदा बनाउने अस्पतालका कुनैपनि पदाधिकारी र ...
बाघको आक्रमणबाट बालकको मृत्यु

बाघको आक्रमणबाट बालकको मृत्यु

भक्तपुर, १ फागुन । सूर्र्यवनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ । पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फ...
अरुण तेस्रो बन्ने बाटो खुल्यो, जेपी एसोसिएट्स बाहिरियो

अरुण तेस्रो बन्ने बाटो खुल्यो, जेपी एसोसिएट्स बाहिरियो

काठमाडौं, १ फागुन। नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ठेक्काका लागि आवेदन दिएको भारतीय कम्पनी जयप्रकाश (जेपी) एसोसिएट्स अयोग्य ठहर भएको छ । प्राविधिक मूल्यांकनबाट हटाइएको उक्त कम्पनीले पाटन उच्च अदालतमार्फत् नयाँ प्रक्रिया रोक्ने प्रयास गरेको थियो । तर, अदालतबाट कम्पनीका पक्षमा आदेश आएन । गत आइतबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नीता गौतम दीक्षितको संयुक्त इजलाशले उक्त कम्पनीक...
धनकुटामा एनसेल टावरमा आगजनी, भोजपुरमा दुई स्काभेटर जलाईयो

धनकुटामा एनसेल टावरमा आगजनी, भोजपुरमा दुई स्काभेटर जलाईयो

धनकुटा, १ फागुन । धनकुटामा एनसेल टावर र भोजपुरमा दुई स्काभेटरमा गएराति अज्ञात समुहले आगजनी गरेको छ । राती करिव १२ बजे एकै समयमा आगजनीका तीन वटा घटना भएका हुन् । धनकुटा नगरपालिका–१० उत्तरपानी स्थित धर्मशाला नजिक रहेको एनसेल टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमा रहेका ब्याट्री र सोलार प्यानल जलेर नष्ट हुँदा करिव डेढ लाख बरावरको क्षति भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानक...
error: Content is protected !!