- संगालोखबर सम्वाददाता

धनकुटा, १ फागुन । धनकुटामा एनसेल टावर र भोजपुरमा दुई स्काभेटरमा गएराति अज्ञात समुहले आगजनी गरेको छ । राती करिव १२ बजे एकै समयमा आगजनीका तीन वटा घटना भएका हुन् ।

धनकुटा नगरपालिका–१० उत्तरपानी स्थित धर्मशाला नजिक रहेको एनसेल टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमा रहेका ब्याट्री र सोलार प्यानल जलेर नष्ट हुँदा करिव डेढ लाख बरावरको क्षति भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

यता धनकुटा र भोजपुरको सिमा स्थित अरुण नदी किनारको क्रसर उद्योगमा रहेको स्काभेटरमा पनि आगजनी भएको छ ।

जरायोटारमा आगजनीबाट क्षति भएको स्काभेटर ।

भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारमा रहेको क्रसर उद्योगमा राखिएको स्काभेटरमा अज्ञात समुहले आगो लगाएको लेगुवाका स्थानीय मोहन भण्डारीले संगालोखबरलाई बताएका छन् ।

उनका अनुसार आगजनीबाट स्काभेटरको अधिकांस भाग जलेको छ । भोजपुरको हिले भञ्ज्याङ्गमा पनि अज्ञात समुहले एउटा स्काभेटरमा आगजनी गरेको छ ।

तीनवटै आगजनीका घटना एकै समयमा भएकाले एकै नियतले योजनाबद्ध रुपमा आगजनी गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।आगजनीमा संलग्नको पहिचान हुन सकेको छैन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्…

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!