विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

नवलपरासी, ६ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ । कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाका विपन्न मुसहर समुदायका १५ परिवारका लागि घर निर्माण गरिएको हो । नगरपालिकाका तर्फबाट गरिब विपन्न आव...
एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

लाहोर, पाकिस्तान, ६ फागुन । पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो । इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए । शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बा...
भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता, नौ वटा सम्झौता

भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता, नौ वटा सम्झौता

नयाँदिल्ली,  ६ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । उहाँहरुबीचको वार्ता ऊर्जा, व्यापार र अन्य विभिन्न विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी दिएका छन् । चाबहारमा बन्दरगाह स्थापना गर्ने विषयलगायत भारत र इरानबीच नौ...
इलाममा अढाई लाख मानिसलाइ हात्तीपाइलेको औषधि खुवाइने

इलाममा अढाई लाख मानिसलाइ हात्तीपाइलेको औषधि खुवाइने

इलाम, ६ फागुन । इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराउनुभयो । हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद...
तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

बेनी, म्याग्दी ६ फागुन ।  म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक/शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो । समुदायको सक्रियतामा स्थापना भएक...
लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, ६ फागुन । ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल...
अध्यक्ष दाहाल संसदीय दलका नेतामा निर्वाचित

अध्यक्ष दाहाल संसदीय दलका नेतामा निर्वाचित

काठमाडौँ, ६ फागुन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सह...
मेडिकल कलेज सरकारले नै चलाउने योजना

मेडिकल कलेज सरकारले नै चलाउने योजना

काठमाडौं, ६ फागुन । वाम गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ । एमाले र माओवादी सम्मिलित कार्यदलले सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामको सन्दर्भमा मेडिकल कलेज सरकारले नै चलाउनुपर्ने सुझाव तयार पारेको छ । पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले वाम गठबन...
ऐन नहुँदा प्रदेश सुरक्षाको योजनै बनेन

ऐन नहुँदा प्रदेश सुरक्षाको योजनै बनेन

काठमाडौं, ६ फागुन । संघीय संरचनाअनुरूप प्रदेश सरकार गठन भइसक्दा पनी  पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो । गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला (गृह प्रशासन) हाँक्ने जिम्मेवारी पाएका सहसचिवहरूको भूमिकासमेत प्रभावकारी हुन सकेको छैन । प्रदेशहरूमा मन्त्रिपरिष...
विषादीयुक्त भारतीय तरकारी परीक्षणबिनै खुलेआम भित्रदै

विषादीयुक्त भारतीय तरकारी परीक्षणबिनै खुलेआम भित्रदै

काठमाडौं, ६ फागुन । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको  छ । अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्...
नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय

नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय

विराटनगर, ६ फागुन । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुुरुराज घिमिरे तथा नेविसंघका ...
स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुममा रहेका छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्र...
अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

इनरुवा, ६ फागुन ।  सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो । इटहरी–९ स्थित बस...
दुई जना साहित्यकार सम्मानित

दुई जना साहित्यकार सम्मानित

इटहरी, ६ फागुन । साहित्य, सङ्गीत एवम् कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएवापत दुई जना साहित्यकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सुनसरीका अग्रज साहित्यकार एवम् कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् कलाकार मणि गुरुङ रहेका छन् । धरणीधर साहित्य प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँहरुलाई जनही  २० हजार नगदसहित सम्मान गरिएको हो । सो अवसरमा पूर्वमन्...
परीक्षाको घडिमा ओलीका योजना

परीक्षाको घडिमा ओलीका योजना

काठमाडौं, ६ फागुन । दोस्रोपटक प्रधानमन्त्री बनेका केपी ओलीसँग जनताका असीमित अपेक्षा छन्। योभन्दा अगाडि प्रधानमन्त्री छाड्दै गर्दा उनले संसद्मा गरेको अन्तिम भाषणमा गर्न नपाएका कामको फेहरिस्त अगाडि सारेका थिए। अघिल्लो प्रधानमन्त्री कालमा गर्न नपाएका काममा चुनावको समयमा वाम गठबन्धनले अगाडि सारेका प्रतिबद्धता पनि थपिएका छन्। यो प्रतिबद्धतासँगै स्थायी सरकारले गर्नैपर्ने विकास निर्माणका कामको भारी बोके...
एमाले–माओवादी एकता: खाका निर्माणमै ढिलाइ

एमाले–माओवादी एकता: खाका निर्माणमै ढिलाइ

काठमाडौं, ६ फागुन । नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ । पार्टी एकताबारे एमाले अध्यक्ष ओली र माओ...
कांग्रेसको चेतावनी : निर्णय उल्ट्याए, सिस्टम बिग्रन्छ

कांग्रेसको चेतावनी : निर्णय उल्ट्याए, सिस्टम बिग्रन्छ

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेता...
२०७४ फागुन ६ गते आइतवारको राशिफल

२०७४ फागुन ६ गते आइतवारको राशिफल

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । मिथुन- (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा समस्या आउनेछ । सह...
जमरकट्टेल वंश एकता प्रतिष्ठानद्धारा धुर्मुस-सुन्तली र अर्पणलाई सम्मान, फाउण्डेसनलाई सहयोग

जमरकट्टेल वंश एकता प्रतिष्ठानद्धारा धुर्मुस-सुन्तली र अर्पणलाई सम्मान, फाउण्डेसनलाई सहयोग

बिराटनगर, ५ फागुन । जमरकट्टेल वंश एकता प्रतिष्ठानले हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ र स्मरण क्षमतामा विश्वरेकर्ड राख्ने अर्पण जमरकट्टेललाई शनिवार सम्मान गरेको छ । धुर्मुस–सुन्तलीले सामाजिक काम गरेर र अर्पणले विश्वरेकर्ड राखेर जमरकट्टेलको पहिचानलाई उच्च बनाएको भन्दै सम्मान गरिएको हो । तीनै जनालाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइ र प्रतिष्ठानका अध्यक्ष ...
धनकुटामा प्राथमिक उपचार तालिम सुरु

धनकुटामा प्राथमिक उपचार तालिम सुरु

धनकुटा, ५ फागुन । धनकुटामा शनिबारदेखि प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम सुरु भएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा आदिबासी जनजाति अनुसन्धान केन्द्रले तालिम आयोजना गरेको हो । ‘प्राथमिक उपचार पद्दति सिक्न सबै जुटौं, कोही नछुटौं’ भन्ने नाराका साथ तालिम सुरु गरिएको आयोजकले जनाएको छ । तालिममा धनकुटा नगरपालिकाका १० वटै वडाका २४ जनाको सहभागिता छ । तालिमको संयोजन जिल्ला युवा समितिले गरेको छ भने न...
आगलागीमा एकको मृत्यु, चालिस लाखको क्षति

आगलागीमा एकको मृत्यु, चालिस लाखको क्षति

काठमाडौँ, ५ फागुन ।  काठमाडौँ महानगरपालिका–१२ लगनचोकस्थित एक घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ । अमृतलाल रञ्जितकार र अष्टनारायण महर्जनको संयुक्त घरमा शनिबार हिटरबाट आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । आगोले जलेर घाइते भएका उनकै छोरा ४८ वर्षीय प्रवीणलाल श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको...
प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

काठमाडौँ, ५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ । प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए ।
नेपाली क्रिकेट टोली उपविजेता बन्दै स्वदेश फर्कियो

नेपाली क्रिकेट टोली उपविजेता बन्दै स्वदेश फर्कियो

काठमाडौँ, ५ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टो...
अंग्रेजी भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड

अंग्रेजी भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड

काठमाडौँ, ५ फागुन ।  विभिन्न मुलुकमा अंग्रेजी भाषाको विकासमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले उक्त भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड दिनुभएको छ । अंग्रेजी भाषाले विश्व परिवेशलाई सम्पर्क भाषाका रुपमा जोड्ने हुँदा सरल प्रयोगका लागि पछिल्लो पटक विकास भएका प्रविधि प्रयोग गनुपर्ने बताइएको छ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को आयोजनामा यही फागुन ३ गतेदेखि आजसम्म ज्ञानेश्वरस्थि...
उपलब्धि संस्थागत गर्नुपर्छ: मुख्यमन्त्री राई

उपलब्धि संस्थागत गर्नुपर्छ: मुख्यमन्त्री राई

इटहरी, ५ फागुन ।  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा धेरै परिवर्तनकामी आन्दोलन र बलिदानपछि प्राप्त संविधान एवं त्यसको उपलब्धिलाई अव संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको पर्यटकीय एवम् तालतलैया क्षेत्रमा नेपाल कर्मचारी सङ्गठन, सुनसरीले निर्माण गरेको शहिद स्मारक एवं विश्रामालयको आज उद्घाटन गर्दै शहीदले गरेको त्याग एवं बलिदानको सुनसरी कर्मचारी सङ्गठनले उचित मूल्याङ्कन गरेकोमा खुश...
प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो

सुर्खेत, ५ फागुन । प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गर्नुभएको छ । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्नुहुने भएको हो । प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आ...
चालु आवको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

चालु आवको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

काठमाडौं, ५ फागुन ।  चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ । आव २०७२/७३ मा त्यस्तो व्यापार घाटा रु दुई खर्ब ५० अर्ब ८५ करोडको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मुल...
बस दुर्घटनामा दुई दर्जन घाइते

बस दुर्घटनामा दुई दर्जन घाइते

कैलाली, ५ फागुन ।  कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । दुर्घटना परी घाइते भएकाको अत्तरियास्थित पद्मा अस्...
थर्मोकोल प्रविधिद्वारा खानेपानी ट्यांकी उत्पादन

थर्मोकोल प्रविधिद्वारा खानेपानी ट्यांकी उत्पादन

विराटनगर, ५ फागुन । उच्चस्तरीय थर्मोकोल प्रविधि अपनाएर यहाँको एक उद्योगले खानेपानी ट्यांकी (वाटर ट्यांक) को उत्पादन शुरु गरेको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा सञ्चालित जानकी पोलीट्यांक इण्डष्ट्रिज प्रालिले थर्मोकोल प्रविधि अपनाएर वाटर ट्यांक उत्पादन गरेको हो । यस्तो ट्यांकीमा पानीको तापक्रम घटबढ नभई नियन्त्रणमा रहने गर्छ । उद्योग सञ्चालक लक्ष्मी चौधरीकाअनुसार थर्मोकोल प्रवि...
शेयर बजारमा यस साता एक अर्बभन्दा बढीको कारोबार

शेयर बजारमा यस साता एक अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, ५ फागुन ।  धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए । साताको ने...
काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने: नेता सिंह

काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने: नेता सिंह

चितवन, ५ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । नेता सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाउनुभयो । वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा काँग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न...
error: Content is protected !!