मुख्य ३ पार्टीमा नेतृत्व हाबी, देशकै लागि खतराको संकेत

मुख्य ३ पार्टीमा नेतृत्व हाबी, देशकै लागि खतराको संकेत

काठमाडौं, १८ चैत ।  प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्। वैचारिक/राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय ...
निजी विद्यालयमा लुट, कक्षा १ मा भर्ना गर्न ८८ हजार !

निजी विद्यालयमा लुट, कक्षा १ मा भर्ना गर्न ८८ हजार !

काठमाडौं, १८ चैत । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल्क अ...
समयमा नै बाथ रोगको उपचार नगरे शरिरका अंगहरुलाई ‘ड्यामेज’ गर्छ

समयमा नै बाथ रोगको उपचार नगरे शरिरका अंगहरुलाई ‘ड्यामेज’ गर्छ

बाथ भनेको अथोराइटिस हो। तराईतिर कतिपयले यसलाई कठिया बाथ भनेर पनि भन्छन्।  यसले मानिसको अस्थिपन्जर प्रणालीलाई असर गर्छ। दुखाईबाट सुरु हुने रोग बाथ हो। यो एउटै किसिमको हुदैन्। बाथ २ सय प्रकारका हुन्छन्।  कुनै व्यक्ति विशेषलाइ यो बाथ हुने होइन, जुनसुकै उमेरमा, जुनसुुकै बेला पनि जोसुकैलाई हुनसक्ने रोग बाथ हो। यो एउटा सुरुवाति लक्षण भनेको दुखाईबाट हुन्छ। जसरी दिन वित्दै जान्छ समयमै उपचार भएन भने भय...
भारतमा नेपाली किशोरी तस्करी, पाँच वर्षमा ५००% ले वृद्धि

भारतमा नेपाली किशोरी तस्करी, पाँच वर्षमा ५००% ले वृद्धि

काठमाडौं, १८ चैत । भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो । एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखा...
तजबिजीमै हजारौंलाई जागिर : तलब भत्तामै सकिन्छ वार्षिक साढे ५ अर्ब

तजबिजीमै हजारौंलाई जागिर : तलब भत्तामै सकिन्छ वार्षिक साढे ५ अर्ब

काठमाडौं, १८ चैत । निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ। हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ मन्त्रालयले उजागर गरेको छ। आफूखुसी भर्ना गरिएका त्यस्ता कर्मचारीलाई तलब खुवाउन मात्रै वार्षिक पाँच अर्ब ५६ करोड खर्च हुने गरेको अर्थले जनाएको ...
संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै

संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै

काठमाडौं, १८ चैत। संघीय संरचनाअनुसार सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय कानुनी मस्यौदा निर्माणको तयारीमा जुटेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा शान्तिसुरक्षाका लागि तीन तहको सुरक्षा समिति रहने गरी कानुनी मस्यौदा बनाउन तयारी थालेको हो । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मस्यौदा निर्माणको पहिलो बैठक बसिसकेको छ । बैठकमा गृहसचिव र सहसचिवहरू सहभागी थिए । बैठकमा नेपाल प्रहरी र स...
आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

धनगढी,भीमदत्तनगर, १८ चैत। गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए । भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो । यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो । जिल्ल...
रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

मस्को, १७ चैत ।  रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ। ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो। पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको ...
२०७४ चैत १८ गते आइतबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत १८ गते आइतबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत १८ गते। आइतबार। इश्वी सन् २०१८ अप्रिल १ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:१६ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। प्रतिस्पर्धाले थप हिम्मत जुटाउला। केही चुनौतीहरू देख...
धर्नाबाट पहाडीसहित ३४ प्रहरी नियन्त्रणमा

धर्नाबाट पहाडीसहित ३४ प्रहरी नियन्त्रणमा

काठमाडौँ, १७ चैत। प्रधानमन्त्री निवास बालुवाटार अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको धर्ना र प्रदर्शनमा संलग्न ३४ जना अधिकारकर्मीलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि शान्ति समाजले हरेक वर्ष चैत १७ गते धर्ना र प्रदर्शनी गर्दै आएको छ । नयाँ सरकार गठनसँगै टीकापुरलगायतका दुर्दान्त घटनाका आरोपित÷संलग्नहरुको मुद्दा फिर्...
करणी गरेको आरोपमा वडा सदस्य पक्राउ 

करणी गरेको आरोपमा वडा सदस्य पक्राउ 

पाँचथर, १७ चैत । फालेलुङ,६ का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेको रहस्य सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि प्रहरीले गुरुङलाई आज पक्राउ गरेको हो । पक्राउ गरिएका गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो ।
वडाध्यक्षको मृत्यु

वडाध्यक्षको मृत्यु

पाँचथर, १७ चैत। हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो । तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराधसम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो । वडाको सडक विस्तार गर्ने व...
श्रीमती हत्याका फरार अभियुक्त पक्राउ

श्रीमती हत्याका फरार अभियुक्त पक्राउ

काठमाडौँ, १७ चैत। प्रहरीले श्रीमतीको हत्या गरी फरार अभियुक्त श्रीमान्लाई २४ घण्टा नबित्दै पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट बेलकोटगढीकी २३ वर्षीया नमुना लामाको हत्याको अभियोगमा सोही क्षेत्रकै २१ वर्षीय प्रकाश तामाङलाई आज पक्राउ गरेको हो । अभियुक्त तामाङले शुक्रबार ३ बजे चन्द्रागिरि नगरपालिका–१४ नैकापमा डेरामा बस्दै आएकी श्रीमतीलाई शरीरका विभिन्न भागमा धारिलो छुरा प्रहा...
अख्तियारको झोलामा मध्यपहाडी लोकमार्गको कालोपत्रे

अख्तियारको झोलामा मध्यपहाडी लोकमार्गको कालोपत्रे

खोटाङ, १७ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकको टोलीले मध्यपहाडी लोकमार्गको कालोपत्रेको गुणस्तर परीक्षणलाई निरन्तरता दिएको छ । विहीबार मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको जयराम–बिजुले (१२ किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको आयोगको प्राविधिक टोलीले दोश्रो दिन जयराम–हलेसी (३० किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको छ। मध्यपहाडीको कालोपत्रेका काम गुणस्...
स्वर्गीय नेता खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव

स्वर्गीय नेता खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव

काठमाडौं, १७ चैत । पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो । ४ फागुनमा हृदयाघात भएपछि खड्कालाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो । लगत्तै ६ फागुनमा उनलाई दिल्ली लगिएको थियो । एपोलोमा ४० दिनसम्म उपचार गरे प...
मदन भण्डारी संग्रहालय: ढुंगेसाँघुदेखि दासढुंगासम्म

मदन भण्डारी संग्रहालय: ढुंगेसाँघुदेखि दासढुंगासम्म

उर्लाबारी, मोरङ, १७ चैत । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा करीब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसा...
कम्युनिस्ट नेतृत्वको चिनीयाँ मोडलः चीनमा हटेपछि नेपालमा पनि रहेन

कम्युनिस्ट नेतृत्वको चिनीयाँ मोडलः चीनमा हटेपछि नेपालमा पनि रहेन

काठमाडौं, १७ चैत । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको विधानको मस्यौदामा सक्रिय राजनीतिको उमेर ७० वर्ष र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था थियो । अहिले यी दुवै विषय हटाइएको छ। पार्टी राजनीतिमा नय...
षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार दाहाललाई

षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार दाहाललाई

विराटनगर, १७ चैत । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पत्रकार निष्पक्ष, तटस्थ र निर्भीक भई जनताको अधिकार स्थापित गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार– २०७४ वितरण समारोहमा उहाँले प्रदेश सरकार जनताको सूचनाकोअधिकार कायम गर्नका लागि कानून मस्यौदा प्रक्रि...
विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने

विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने

काठमाडौँ, १७ चैत । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्...
धनगढी प्रिमियर लिग आजदेखि

धनगढी प्रिमियर लिग आजदेखि

धनगढी, १७ चैत। शनिवार देखि धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) शुरु हुने भएको छ। उद्घाटन खेलमा साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन्। डिपिएल दोस्रो संस्करणको पुर्वसन्ध्यामा शुक्रवार विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ।  खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार आयोजकले ट्रफी सार्वजनिक गरेको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभा...
जहाजभित्रै नेपाली यात्रुले दुव्यवहार गर्दा दिल्लीमा आकस्मिक अवतरण

जहाजभित्रै नेपाली यात्रुले दुव्यवहार गर्दा दिल्लीमा आकस्मिक अवतरण

काठमाडौं, १७ चैत । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घन्टापछि खअकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नेपर्यो । काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधिक समस्या भएर होला भन्ने थियो । तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली...
संघीय संसदमा अघिल्लो भन्दा धेरै समिति बन्ने

संघीय संसदमा अघिल्लो भन्दा धेरै समिति बन्ने

काठमाडौं, १७ चैत । संघीय संसद्मा अघिल्लो व्यवस्थापिका–संसद्का भन्दा बढी समिति बन्ने भएका छन् । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ । यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समिति बनाउने सहमति भएको मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले बताए । उनले भने, ‘१० वटा विषयगत समिति...
प्रधानमन्त्रीओलीको भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

प्रधानमन्त्रीओलीको भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

काठमाडौं, १७ चैत। प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्नेछन् । पररा...
धनकुटामा अनुभव साटासाट गरी मनाइयो पत्रकार महासंघको स्थापना दिवस (भिडियोसहित)

धनकुटामा अनुभव साटासाट गरी मनाइयो पत्रकार महासंघको स्थापना दिवस (भिडियोसहित)

धनकुटा, १६ चैत । धनकुटामा पत्रकारहरुवीच अनुभव साटासाट गरी पत्रकार महासंघको ६३ औं स्थापना दिवस मनाइएको छ । पत्रकार महासंघ जिल्ला शाखाले स्थापना दिवसको अवसर पारेर एक अर्कावीच अनुभव आदानप्रदान गर्ने अवसर मिलाएको हो । कार्यक्रममा पत्रकारहरुले लेटर प्रेस, हाते लेखन, फ्याक्सदेखि आधुनिक प्रविधीसग काम गरेको अनुभव सुनाए । उनीहरुले पत्रकारिता पेशालाई जनताप्रति उत्तरदायी बनाउँनुपर्ने आवश्यकता पनि औल्याए ।...
२०७४ चैत १७ गते शनिबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत १७ गते शनिबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत १७ गते। शनिबार। इश्वी सन् २०१८ मार्च ३१ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– पूर्णिमा, १७:५६ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर...
इन्टनेटमा कुमारित्व बेच्न सयौँ युवतीको लाइन, यी २० वर्षे युवतीले किन त्यसो गर्दैछिन् ?

इन्टनेटमा कुमारित्व बेच्न सयौँ युवतीको लाइन, यी २० वर्षे युवतीले किन त्यसो गर्दैछिन् ?

पैसा सबैका लागि जरुरी हुन्छ र मानिसहरुले पैसा कमाउनका लागि विभिन्न खालका तिकडम अपनाउँछन् । कसैले पैसाका लागि गहना बेच्छन् त कसैले घर । तर अष्ट्रेलियाको सिड्नीकी एक युवती भने अलग तरिकाले पैसा कमाउने बाटो रोज्दा चर्चाको शिखरमा छिन् । पर्थबाट पढ्नका  लागि सिड्नी आएकी किरा नाम गरेकी २० वर्षकी युवतीले जर्मन एस्कर्ट एजेन्सी सिन्ड्रेला एस्कर्टस्लाई आफ्नो कुमारित्व लिलाम गरेकी छन् । कुमारित्वको लिलामी...
लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

काठमाडौँ, १६ चैत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताउनुभयो । भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन सम्पन्न भएसँगै नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब ...
धनकुटा प्रतिभा पुरस्कारबाट चार जनालाई सम्मान तथा पुरस्कार (भिडियोसहित)

धनकुटा प्रतिभा पुरस्कारबाट चार जनालाई सम्मान तथा पुरस्कार (भिडियोसहित)

धनकुटा, १६ चैत । धनकुटा प्रतिभा पुरस्कार कोषले विभिन्न क्षेत्रमा योगदान पुर्याउँने चार जनालाई शुक्रवार सम्मान तथा पुरस्कृत गरेको छ । संस्कृतिविद्ध एवं वरिष्ठ साहित्यकार तुलसी दिवस र बरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईलाई सम्मान गरिएको छ । त्यस्तै वरिष्ठ लोक गायक तुलसी पराजुली र अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुनिता तामाङ्गलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई उच्च अदालत विराटनगर धनकुटा ईजलासका ...
पूर्वमन्त्री खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी

पूर्वमन्त्री खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ । मिर्गाैला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा आज निधन भएको हो । उहाँको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले...
जापानद्वारा बौद्धिक सम्पत्तिको सुरक्षामा नेपालको सहयोग माग

जापानद्वारा बौद्धिक सम्पत्तिको सुरक्षामा नेपालको सहयोग माग

काठमाडौँ, १६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग आज भएको शिष्टाचार भेटमा नेपालका उत्पादनलाई जापानी बजारमा सहज पहुँचका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादवले जापान सरकारको सहयोगमा सञ्चालनमा आएको उदयपुर सिमेन्ट कारखानाको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि जापान...
प्रमको भारत भ्रमणमा कलाकार पनि

प्रमको भारत भ्रमणमा कलाकार पनि

काठमाडौँ, १६ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तनका ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताउनुभएको छ । नेपाल कलाकार संघद्वारा आज यहाँ आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिइने जानकारी दिनुभयो । छिट्टै भारत र नेपालका क...
error: Content is protected !!