अपडेट:आगलागीबाट १६ घर नष्ट
इनरुवा, १८ चैत। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ ।
श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण करिब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भारतको विरपुरबाट आएको दमकल तथा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयास...





























