पाँचथर, १७ चैत। हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ ।

उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो । तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराधसम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो ।

Advertisement

वडाको सडक विस्तार गर्ने विषयमा विवाद भएपछि योक्पाङदेनले आफूमाथि हातपात गरेको भन्दै तिम्सिनाले जाहेरी दर्ता गराएको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!