काठमाडौँ, २० चैत । निजी क्षेत्रबाट सञ्चालित रेडियोको छाता संगठन ब्रोडकास्टिङ एशोसिएशन नेपाल (बान) को छैटौँ महाधिवेशन यही चैत २३ र २४ गते  हुने भएको छ ।

Advertisement

देशका विभिन्न भूगोल तथा क्षेत्रबाट सहभागी हुने प्रतिनिधिले निजी क्षेत्रबाट रेडियो सञ्चालनमा देखिएका समस्या तथा त्यसले स्थानीय क्षेत्रमा सामाजिक र आर्थिक रुपान्तरणमा पारेको प्रभावबारे महाधिवेशनमा छलफल गर्ने बानका अध्यक्ष गोपाल झाले जानकारी दिनुभयो ।

निजी क्षेत्रबाट सञ्चालित रेडियोलाई निरन्तरता दिन भइरहेको कठिनाइ र विज्ञापनका समस्या रहेको बताउँदै उहाँले रेडियोको सङ्ख्या धेरै भएका स्थानमा देखिएका अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्न इजाजतमा कडाइ गर्नुपर्ने माग गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा मंगलबार रेडियो नेपालको ६८औं वार्षिकोत्सव समारोहको उदघाटन गर्नुहुँदै । तस्वीर: रासस

देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी करीब ४०० जनाको सहभागिता रहने महाधिवेशनले १७ सदस्यीय केन्द्रीय समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

देशमा निजी क्षेत्रबाट सञ्चालित विभिन्न रेडियोमध्ये बानमा अहिलेसम्म २२० सदस्य संलग्न छन् । स्थानीय तहले नयाँ रेडियो सञ्चालन गर्नुभन्दा भइरहेका रेडियोसँग समन्वय गर्नुपर्ने विषयमा पनि छलफल गरी आएका निष्कर्ष तथा सुझाव सरकारलाई उपलब्ध गराइने छ । यस क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेका कारण विभिन्न संस्थासँग सहकार्य तथा समन्वय गरेर बानले करिब १५० जनालाई क्षमता अभिवृद्धि तालीम उपलब्ध गराएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!