त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यसरी भयो विमान दुर्घटना (भिडियो)

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यसरी भयो विमान दुर्घटना (भिडियो)

काठमाडौं, २८ फागुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । १४ जनाको उद्दार गरिएको छ । अरुको उद्धार जारी छ । भिडियो हेर्नुहोस्....
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौं , २८ फागुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ । उद्दार कार्य जारी छ । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ । Update- विमान दुर्घटनाः सात जनाको उद्दार त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमान...
आगलागीबाट १५ लाखको क्षति

आगलागीबाट १५ लाखको क्षति

इलाम, २८ फागुन ।  इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट रु १० लाखबराबरको घर, रु तीन लाख नगद, रु ८० हजारको ल्यापटप, टिभी, मोबाइल पूर्णरूपमा जलेर नष्ट भएको हो । आगो के कसरी लागेको भन्ने पहिचान हुन भने नसकेको उहाँले बताउनुभयो । “घरमा बत्ती पनि नभएको र आगो पनि ...
भारतीय सीमा क्षेत्रका जनता विकास कार्यक्रमबाट लाभान्वित

भारतीय सीमा क्षेत्रका जनता विकास कार्यक्रमबाट लाभान्वित

विराटनगर, २८ फागुन।  मोरङ जिल्लाको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि सञ्चालित ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू भएसँगै विकास निर्माण कार्यले गति लिन थालेको छ । मोरङ जिल्लाअन्तर्गत पर्ने विराटनगर महानगरपालिकासहित रंगेली, सुुनवर्सी, रतुुवामाई नगरपालिका तथा जहदा र धनपाल गाउँपालिकाका भारतीय सीमा क्षेत्र विकास कार्यकम सञ्चालनमा आएको हो । दुुई वर्षदेखि सञ्च...
सभामुख महरालाई चीनको बधाई तथा शुभकामना

सभामुख महरालाई चीनको बधाई तथा शुभकामना

काठमाडौँ, २८ फागुन । सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत हुनुभएकामा बधाई व्यक्त गर्नुभएको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिनुभयो । चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज सभाम...
धनकुटा महोत्सवमा गीत गाउँन नपाएपछि राजेश पायल राईले यसो भने (भिडियोसहित)

धनकुटा महोत्सवमा गीत गाउँन नपाएपछि राजेश पायल राईले यसो भने (भिडियोसहित)

धनकुटा, २८ फागुन । धनकुटा महोत्सवको आईतवार साँझको साँस्कृतिक कार्यक्रम भारी बर्षाका कारण प्रभावित बनेको छ । साँस्कृतिक कार्यक्रमकालागि गायक राजेश पायल राई धनकुटा आएतापनि कार्यक्रम भने हुन सकेन । गायक राई आउँने भनेर आयोजकले पटक–पटक माईकिङ गराएका थिए । गायक राई पनि बेलुका ५ बजे धनकुटा आईपुगेका थिए । तर, अविरल वर्षाका कारण सांस्कृतिक कार्यक्रम गर्न नसकिएको आयोजकले जनाएको छ । साँस्कृतिक कार्यक्रमक...
प्रदेश राजधानीमा भौतिक पूर्वाधार अभाव

प्रदेश राजधानीमा भौतिक पूर्वाधार अभाव

बुटवल, २८ फागुन । भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत आइनसकेको र कर्मचारी समायोजनमा पनि ढिलाइले प्रदेश सरकारको काम प्रभावित भएको छ । प्रदेशसभाबाट विश्वासको मत लिएको भोलिपल्ट आज मुख्यमन्त्री शंकर पोखरेलले पत्रकार सम्मेलन गरी बुटवलमा प्रदेश सरकारका लागि आवश्यक भौति...
ग्रामीण क्षेत्रका बासिन्दा भारतीय वित्तीय संस्थातर्फ आकर्षित

ग्रामीण क्षेत्रका बासिन्दा भारतीय वित्तीय संस्थातर्फ आकर्षित

वीरगञ्ज, २८ फागुन । भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । खुल्ला आर्थिक नीतिको कारण सदरमुकाम वीरगञ्जमा सरकारी तथा निजी क्षेत्रका ठूलठूला बैंक सञ्चालनमा आइरहे पनि पर्सा जिल्लाको सीमावर्ती गाउँ तथा बजारमा बैंकिङ सेवा सञ्चालन नभएकाले त्यस क्षेत्रका बासिन्दा तथा व्यापारी बाध्य भएर सीमावर्ती भारती...
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

चितवन,२८ फागुन ।  नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षात्को समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ । नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ । पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ । अन्य नौ ठाउँमा अ...
भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

चितवन, २८ फागुन । भरतपुर अस्पतालले आफैँले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । वार्षिक अक्सिजन खरिदमा रु ७० लाख हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण ग...
अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

पोखरा, २८ फागुन ।  पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ । पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ । पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट ब...
सैनिक शिविरमा एक हजारको स्वास्थ्य परीक्षण र उपचार

सैनिक शिविरमा एक हजारको स्वास्थ्य परीक्षण र उपचार

गाईघाट, उदयपुर, २८ फागुन । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । फगुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाको क्याम्पमा २७ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा विभिन्न रोग हाडजोर्नी, आँखा, ग्यास्ट्रिक,...
नलगाड हाइड्रोपावर कम्पनी मुआब्जा दिन सहमत

नलगाड हाइड्रोपावर कम्पनी मुआब्जा दिन सहमत

जाजरकोट, २८ फागुन । लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या समाधान भएपछि सञ्चालन हुने भएको छ । विद्युत्गृह निर्माणस्थल नलगाड नगरपालिका–१ दल्लीमा बसोबास गरिरहेका १८ घरधुरी वादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत वितरण गर्ने गरी सहमति भएपछि विवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटको खातामा रकम जम्मा गरिएको र अब केह...
सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा

सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा

काठमाडौ, २६ फागुन  । सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । काठमाडाैं । नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी ) ले यस्तो वर्गीकरण गर्ने गर्छ। वर्ग...
बालिका बलात्कार गर्न खाज्ने भारतीय पक्राउ

बालिका बलात्कार गर्न खाज्ने भारतीय पक्राउ

रुपन्देही, २८  फागुन । रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बगैंचाभित्र फूल टिप्न लागेको बेला रसिदल...
नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

त्रिशूली, नुवाकोट, २८ फागुन । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि र व्यावसायिक विस्तारमा सकारात्मक...
दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण

मंगलबारे, इलाम, २८ फागुन । नेत्रहीन संघ इलामले दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका १९ जना दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो । एक्सन डिसेबल राइट एण्ड डेभेलपमेन्ट नेपालको सहयोगमा विद्यार्थीलाई मोबाइल वितरण गरिएको संघका अध्यक्ष पदम सुब्बाले बताउनुभयो । उनीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले मोवाइल वितरण गरिएको बताइएको ...
शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

बेइजिङ (चीन), २८ फागुन ।  चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्नुहुनेछ भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको छ । गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा...
भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

नयाँ दिल्ली, २८ फागुन । भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्धघाटन समारोहमा भन्नुभयो, “भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।” भारत...
साढे ९ हजारले रोजे स्वेच्छिक अवकाश

साढे ९ हजारले रोजे स्वेच्छिक अवकाश

काठमाडौं, २८ फागुन ।  स्वेच्छिक अवकाशका लागि निवेदन दिने निजामती कर्मचारीको संख्या ९ हजार ५ सय ९१ पुगेको छ । आइतबार साँझसम्मको रेकर्डमा स्वेच्छिक अवकाश लिने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहसचिव नीता पोखरेलले स्वेच्छिक अवकाश लिने कर्मचारीको सूचना संकलन आइतबार साँझ पूरा भएको बताइन् । उनले भनिन्, ‘आइतबारसम्म हामीले देशभरब...
चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २८ फागुन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गए राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ...
रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

काठमाडौं, २८ फागुन। रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै कान्तिपुर दैनिकका अनुसार राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् । भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध...
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

काठमाडौं, २८ फागुन। केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्। टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ । आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन् । त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्...
साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

रत्ननगर, चितवन,२८ फागुन।  चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्छन् । च्याउ बेचेरै जग्गा समेत जोडेका छन् । कन्ने र गोब्रे च्याउ लगाउँदै आउनुभएका उहाँ दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्नुहुन्छ । ‘यही...
ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

काठमाडौं, २८ फागुन।  सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेद...
सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

खोटाङ, २८ फागुन ।  दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो । सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए । दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि नियमित बस सेवा जिल्ला समन्वय समितिका प...
नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

काठमाडौं, २८ फागुन । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै छ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिब ३० अर्ब खर्च गर्नुपर्नेछ । प्रदेश र स्थानीय तहलाई संस्थागत गर्...
महायज्ञबाट एक करोड २५ लाख सहयोग

महायज्ञबाट एक करोड २५ लाख सहयोग

विराटनगर, २८ फागुन । सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दाताहरुले एक करोड २५ लाख बराबरको नगद र जिन्सी सामग्री सहयोग गरेका छन् । विसं २०२४ मा विराटनगर–१ स्थित पाँच कट्ठा जग्गाम...
२०७४ फागुन २८ गते सोमबारको राशिफल

२०७४ फागुन २८ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल फागुन २८ गते। सोमबार। इश्वी सन् २०१८ मार्च १२ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– दशमी, ११:३० बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस...
पुराना सवारी हटाउने सरकारी निर्णयको ब्यावसायीबाट विरोध, आन्दोलन चर्काउने चेतावनी

पुराना सवारी हटाउने सरकारी निर्णयको ब्यावसायीबाट विरोध, आन्दोलन चर्काउने चेतावनी

धनकुटा, २७ फागुन । कोशी पहाडका ट्याक्सी ब्यावसायीहरुले पुराना सार्वजनिक सवारी साधन हटाउने सरकारी निर्णय नमान्ने चेतावनी दिएका छन् । सरकारले चैत १ गतेबाट २० बर्ष नाघेका सार्वजनिक सवारी देशभरबाट हटाउने अब्यवहारिक निर्णय गरेको भन्दै सार्वजनिक कोशी पहाडी यातायात ट्याक्सी ब्यावसायी संघ धनकुटाले आईतवार हिलेमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सरकारले पुराना सवारी साधनलाई विना राहत पत्रु बना...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, २७ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगामा आईतवार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मुर्तिढुंगाका ५७ बर्षीय खम्वासिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बर्षासँगै परेको चट्याङ लागेर तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारीपछि सिधुवाबाट प्रहरी घटनास्थल गएको थियो ।आईतवार धनकुटामा चट्याङसहित असिना पानी परेको थियो ...
error: Content is protected !!