काठकाडौं, ११ वैशाख । सरकारले आगामी १ सय दिनभित्र देश भरको एनलग टेलिभिजन प्रसारण बन्द गरि डिजिटलमा रुपान्तारित गराउने भएको छ ।

Advertisement

सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले आईतबार सार्वजनिक गरेको मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचिमा एनलग प्रविधीलाई असाढ मसान्तभित्रै देशभर डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख छ ।

सय दिनको कार्यसुचि सार्वजनिक गदै राज्यमन्त्री बाँस्कोटाले बहुमतप्राप्त सरकारका काम जनताले अनुभुत गर्नेगरि हुनुपर्ने भन्दै यसको अबिलम्ब कार्यन्वन गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन ।

दुर सञ्चार ऐन २०५३ को परिमार्जन, हुलाक बचत बैंकको विस्तार लगायत विभिन्न २१ बुँदे कार्यसुचिमा टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरि देशभरबाटै एनालग प्रणालि बन्द गर्ने कामलाई प्राथामिकतामा राखेको छ ।

सरकारको निर्देशनपछि काठमाण्डौमा सबै प्रसारण डिजिटल भएपनि स्विच अफ नभएसम्म पुनः एनालगमै फर्कन सक्ने भएकाले एनालग प्रविधीलाई स्विच अफ गर्न
थालेको सञ्चार तथा सुचना प्रविधी मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

काठमाण्डौपछि पोखरा बिराटनगर लगायतका शहरमा समेत एनालग पुर्णतय बन्द हुने क्रममा छ । तर निश्चित स्थानमा बन्द हुन तर केही स्थानमा चलिरहदाँ फेरि एनालगमै फर्कन सक्ने भएकाले अब नेपालमा एनलग चल्दैन भन्ने सन्देश दिनपनि एनलग प्रविधीलाई पूर्णतय स्विच गर्ने थालेको ढकालको भनाई छ ।

डिजिटल प्रणाली लागू भए सरकारको राजश्व बढ्नुको साथैं जनताले पनि गुणस्तरीय माध्यमबाट टेलिभिजन हेर्न पाउने उनको तर्क छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!