चिया प्रशोधन उद्योग स्थापना

चिया प्रशोधन उद्योग स्थापना

तेह्रथुम, १ चैत । सोल्मामा आधुनिक प्रविधि जडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् । उन्नति परियोजनाको सहयोगमा सोल्माका किसान शेयर सदस्य रहेको सहकारीले चिया प्रशोधन उद्योग स्थापना गर्न लागेको हो । रु तीन करोडभन्द...
पपुवा न्यूगिनीद्वारा नेपालसामु ११५ रनको चुनौती

पपुवा न्यूगिनीद्वारा नेपालसामु ११५ रनको चुनौती

काठमाडौँ, १ चैत । विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको चुनौती दिएको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनायो । पपुवा न्यूगिनीका लागि चार्लस अमिनीले सर्वाधिक १९ रन तथा जासोन किलाले १५ रन बनाए । पपुवा न्यूगिनीलाई ११४ रनमा समेट्ने क्रममा नेपालका स...
राष्ट्रपतिलाई सार्क महासचिवको बधाई

राष्ट्रपतिलाई सार्क महासचिवको बधाई

काठमाडौँ, १ चैत । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित हुनुभएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गर्नुभएको हो । पत्रमा नेपालले तीन वटा ...
प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

काठमाडौँ, १ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदबाट राजीनामा दिनुभएको छ । उमेरसम्बन्धी विवादमा पर्नुभएका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि आज उहाँले शीतल निवास पुगी पदबाट राजीनामा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीश...
जसको जीवन ब्रह्माण्ड वरपर नै घुमिरह्यो

जसको जीवन ब्रह्माण्ड वरपर नै घुमिरह्यो

  क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री, अन्वेषक एवम् चर्चित लेखक/वैज्ञानिक स्टेफेन हकिङको बुधबार बिहान इंगल्यान्डस्थित आफ्नै निवास निधन भयो। उनी ७६ वर्षका थिए। अल्बर्ट आइन्सटाइनपछि विज्ञान क्षेत्रमा योगदान गर्ने वैज्ञानिकमध्ये हकिङ अग्रपंक्तिमा पर्छन्। आइन्सटाइनले ब्याख्या गर्न नसकेका कतिपय भौतिक शास्त्रका विषय हकिङले ब्याख्या गरिदिएका थिए। उनले ब्ल्याक होल र बिग ब्याङ सिद्धान्त पनि ब्याख्य...
खानेपानी आयोजनाका लागि दुई करोड संकलन

खानेपानी आयोजनाका लागि दुई करोड संकलन

मंगलबारे, इलाम, १ चैत।  शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले दुई करोड संकलन गरेको छ । एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो । खानेपानी सञ्चालन गर्नका लागि उपभोक्ता समिति नै गठन गरेर रकम उठाउन थालिएको छ । प्रत्येक मिटरबाट...
गृहमन्त्री थापासँग अमेरिकी राजदूत भेट

गृहमन्त्री थापासँग अमेरिकी राजदूत भेट

काठमाडौँ, १ चैत ।  गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ...
उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री

उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौँ, १ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सरकार नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले उपभोक्तालाई पनि आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेत...
नेपालले जित्याे टस, पपुवान्युगिनीलाई ब्याटिङको निम्तो

नेपालले जित्याे टस, पपुवान्युगिनीलाई ब्याटिङको निम्तो

काठमाडौं, १ चैत । विश्वकप छनोटको प्ले अफमा नेपालले टस जितेको छ र पपुवा न्यूगिनीविरुद्ध फिल्डिङ रोजेको छ । अब पपुवा न्यूगिनी पहिले ब्याटिङ गर्नेछ । समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउन चाहन्छ । तर, यसका लागि पपुवा न्यूगिनीलाई हराएर मात्र हुँदैन, नेदरल्याण्डले हङकङलाई हराउनु पर्ने हुन्छ । नेपाल र हङकङ दुबैले जितेमा भने सातौं स्थानका लागि हुने ख...
उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल

उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल

काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि काँग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन । यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले आज उहाँलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत...
उपभोक्ता ठग्ने व्यवसायीलाई कडा कारवाहीको माग

उपभोक्ता ठग्ने व्यवसायीलाई कडा कारवाहीको माग

काठमाडौँ, १ चैत । उपभोक्ता हित संरक्षण मञ्चले वस्तु तथा सेवाको कालोबजारी, एकाधिकार र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कडा कारवाहीको माग गरेको छ । प्रत्येक वर्ष मार्च १५ का दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवसका अवसरसरमा मञ्चद्वारा आज माइतीघर मण्डलामा आयोजित कार्यक्रममा उपभोक्तालाई हानि पु¥याउने वस्तुको आपूर्ति गर्ने व्यापारीलाई दण्डित गर्न आग्रह गरिएको हो । मञ्चका अध्यक्ष ज्योति बानिय...
देशभक्तको एक घण्टामै अमृत प्रेम

देशभक्तको एक घण्टामै अमृत प्रेम

पोखरा, १ चैत  “अमृत प्रेम संसारबिना बाँच्छ सत्य कुरा हो ।” प्रस्तुत सिर्जना सम्पदा कला मन्दिर नेपालका अध्यक्ष देशभक्तसिंह कुँवरले रचना गर्नुभएको ‘अमृत प्रेम’ शीर्षकको हाइकु हो । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्छ कुँवरले एक घण्टामै लेखेका अमृत प्रेम जस्तै १४२ हाइकु रहेको ‘अमृत प्रेम’ शीर्षकको हाइकु संग्रह एक कार्यक्रमका बीच आज पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले लोकार्पण गर्नुभयो...
२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा

२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा

चितवन, १ चैत ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । आज बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक/एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन...
जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

लिबाङ, रोल्पा, १ चैत । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् । असह्य पीडा भएपछि बालिकाले ...
जथाभावी पार्किङ गरिएका बसको साँचो कब्जामा

जथाभावी पार्किङ गरिएका बसको साँचो कब्जामा

खोटाङ, १ चैत ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ । बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो । नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक पटक नगरपालिकाले गरेको अनुरोधल...
राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

काठमाडौँ, १ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए । नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका ल...
ग्रामीण सडक अलपत्र, कारबाहीको चेतावनी

ग्रामीण सडक अलपत्र, कारबाहीको चेतावनी

भोजपुर, १ चैत । ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् । डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हँुदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो । सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने न...
तेह्र वर्षकै उमेरमा बालविवाह, रोके अभिभावकले

तेह्र वर्षकै उमेरमा बालविवाह, रोके अभिभावकले

जाजरकोट, १ चैत ।  गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए । भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको...
कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

काठमाडौँ, १ चैत ।  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ । कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरह...
२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध, बेवास्ता गरे कवाडीमा लिलाम

२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध, बेवास्ता गरे कवाडीमा लिलाम

काठमाडौं, १ चैत। २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई सरकारले आजबाट पूर्णप्रतिवन्ध लगाएको छ । यदि त्यसलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो । हाल दे...
न्यायपरिषद्ले भन्यो , प्रधानन्यायाधीश पराजुली पदमुक्त, निर्णय मान्दिनँ : पराजुली

न्यायपरिषद्ले भन्यो , प्रधानन्यायाधीश पराजुली पदमुक्त, निर्णय मान्दिनँ : पराजुली

काठमाडाैँ, १ चैत । न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीले सात महिनाअघि नै (२१ साउन २०७४) उमेर हदका कारण अवकाश पाइसकेको जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई पत्राचार गरेको छ । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले बुधबार पराजुलीको न्यापरिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परीक्षा नियन्त्रण कार्यालयको विवरणका आधारमा पराजुलीको पदावधि सकिएको जानकारी गराएका हुन् । रा...
बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

कञ्चनपुर, १ चैत । कैलालीमा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट गरिएको घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला कञ्चनपुरमा आफूसँग बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा तातो घिउ छ्यापिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीका राजेश चन्दले बुधबार बिहान वडा नम्बर ५ बनगाउँकी २१ वर्षीया सुनिता चन्दको अनुहारमा तातो घिउ छ्यापेका हुन् । उनलाई थप कुटपिट पनि गरेर राजेश फरार छन् । बिहान घरमै पूजापाठका लागि ...
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १ चैत । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पु¥याउने बित्तिकै मृत्यु भएको थियो । ठ...
बेवारिस शवले आरोही त्रसित

बेवारिस शवले आरोही त्रसित

काठमाडौं, १ चैत। दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष तथा आरो...
दुई वर्षदेखि बाँसको टहरामा बालबालिका

दुई वर्षदेखि बाँसको टहरामा बालबालिका

ताप्लेजुङ, १ चैत ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ मा आएको भूकम्पले विद्यालयको एउटा भवनमा क्षति पुगेपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थी भने भूकम्पले चर्काएको जीर्ण भवनमा जोखिम मोलेर बस्दै आएका छन्...
आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताए । ‘संविधान समयको मागअनुसार संशोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, देशलाई नोक्सानी हुने गरी, अखण्...
सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि

सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि

काठमाडाैँ, १ चैत। राजधानी दैनिकमा सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरीको शव दावी गर्न आएको समाचार छ । यो समाचार बंगला एयर विमान दुर्घटनासँग सम्बन्धित छ । समाचारमा लेखिएको छ- ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । ...
सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

काठमाडाैँ, १ चैत । न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकार गराए पनि पराजुलीले भने आफू पदमा बहाल नै रहेको दावी गर्दै अदालत जाने र नियमित काम गर्ने बताएका छन् । तर कामु प्रधानन्यायाधीश तोकिएका दीपकराज जोशीले भने आफू स्वतः कामु भएकाले इजलास तोक्ने बताएका छन् । यसबाट न्याय क्षेत्रमा अभूतपूर्व अन्योल आएको नयाँपत्रिका दैनिकमा समाचार छ । यस विषयमा कानुनका जानकारहरुको मत नै बाझिएको...
गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

काठमाडौं, १ चैत । गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी प...
२०७४ चैत १ गते बिहीबारको राशिफल

२०७४ चैत १ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल चैत १ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च १५ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– त्रयोदशी, १६:५६ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। लाभको अवसर मिले पनि फाइदाको केही अंश अरूलाई ...
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा पुरस्कृत

स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा पुरस्कृत

विराटनगर, ३० फागुन । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई बुधबार पुरस्कृत गरिएको छ । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले ७ औं बार्षिकोत्सवको अवसर पारेर डा.शर्मालाई पुरस्कृत गरेको हो । कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार हरिवंस आचार्यले डा.शर्मालाई माला र खादा ओढाएर ९ हजार ९ सय ९९ नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । नोबेल अस्प...
error: Content is protected !!