काठमाडौँ, १४ वैशाख । राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ ।

Advertisement

त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया र सजगताबारे आज प्रशिक्षण शुरु गरेको छ ।

आठदिने उक्त प्रशिक्षणमा सरकारी र गैरसरकारी गरी २७ जना अधिकृतको सहभागिता रहेको छ । प्रशिक्षणका क्रममा द्वन्द्व, विवादको अवधारणा र विकास, विवाद समाधानका परम्परागत तरिका, मेलमिलापसम्बन्धी कानूनी व्यवस्था, मेलमिलापको महत्व, मेलमिलापमा वार्ताको सीप, मेलमिलाप कर्ताले अपनाउनु पर्ने पूर्वतयारीकाबारेमा प्रशिक्षण दिइने आयोगका कार्यक्रम संयोजक पलिता थापाले जानकारी दिनुभयो ।

आयोगले आएका उजुरीमा मिल्ने सम्भावना कति रहन्छ, मेलमिलाप गर्ने बिन्दु के हो भन्नेबारेमा दुवै पक्षलाई मनोसामाजिक परामर्श, कानूनी सहायता र बालबच्चाको हेरविचारमा होस पु¥याउनु पर्ने जस्ता कुरामा आयोगले सहयोग पु¥याउँदै आएको छ ।

उक्त प्रशिक्षणको उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले उद्घाटन गर्दै महिला हिंसासँग जोडिएर आएका उजुरीलाई अदालतले प्राथमिकता दिने गरेको बताउनुभयो ।

आयोगको लैंगिक हिंसा रोकथाम तथा सम्बोधनका लागि एकीकृत परियोजनामार्फत सञ्चालित उक्त तालीममा मेलमिलापमा सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधानका बारेमा समेत प्रशिक्षण हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!