काठमाडौं, १५ वैशाख  । आइसिसिले सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक गरेको छ।  ।

Advertisement

भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो। खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ।

विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ।

१० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरू हुनेछन्। विश्वकपको फाइनल जुलार्इ १४ मा हुनेछ।

 खेल तालिका हेर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!