कांग्रेस बैठकमा प्रकाशमानको ८ पन्ने डकुमेन्ट : कांग्रेसको ओरालो यात्रादेखि धोकेबाज प्रचण्डसम्म (पूर्णपाठसहित)

कांग्रेस बैठकमा प्रकाशमानको ८ पन्ने डकुमेन्ट : कांग्रेसको ओरालो यात्रादेखि धोकेबाज प्रचण्डसम्म (पूर्णपाठसहित)

काठमाडौं ९ चैत ।  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेता प्रकाशमान सिंहले ८ पेज  लामो ‘राजनीतिक डकुमेन्ट’ प्रस्तुत गरेका छन् । ‘सुझाव एवम् प्रस्ताव’ नाम दिइएको सिंहको उक्त  डकुमेन्टमा कांग्रेस कमजोर बन्नुको आधार, सांगठनिक तथा  सैद्धान्तिक विषयका साथसाथै नेतृत्वको कमजोरीका विषयमा टिप्पणी  गरिएको छ । काँग्रेस इतिहासमै कमजोर स्थितिमा पुग्नुमा एउटामा    मात्रै कारण नरहेको भन्दै सिंहले  ...
सिरियाको पूर्वीक्षेत्र गुटामा गएरातिदेखि युद्धविराम

सिरियाको पूर्वीक्षेत्र गुटामा गएरातिदेखि युद्धविराम

हारास्टा, सिरिया, ९ चैत। करिब दुई महिनायतादेखि निकै हिंसात्मकरुपमा आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ । सिरियाली विद्रोही समूहका प्रवक्ताले नै शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । तर युद्धविरामको पालनाका बारेमा पनि विभिन्न टिकाटिप्पणी आएका छन् । युद्धबिराम पछि लडाकू र उनका परिवारजनलाई पनि त्यहाँबाट अन्यत्रै लगिएको बताइएको छ । य...
बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

मेलम्ची, ९ चैत । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजना...
नेपालमा दैनिक २५ देखि ३० पराकम्प

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

काठमाडौँ, ९ चैत । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्...
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी, ९ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । दुर्...
अख्तियारका अब सातवटै प्रदेशमा कार्यालय

अख्तियारका अब सातवटै प्रदेशमा कार्यालय

काठमाडौँ, ९ चैत ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ । यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराए । संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उनले बताए । उनका अनुसा...
राष्ट्रिय फुटबल टोली एशियन कप खेल्न कतार जाने

राष्ट्रिय फुटबल टोली एशियन कप खेल्न कतार जाने

काठमाडौँ, ९ चैत ।  एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ । यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ । यसअघि काठमाडौँमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बरा...
आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ: राज्यमन्त्री बाँस्कोटा

आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ: राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, ९ चैत ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताएका छन । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा देखिएका समस्या ...
लहान नगरपालिकाकाे सुनचाँदी पसलमा वम विस्फोट, ६ जना घाइते

लहान नगरपालिकाकाे सुनचाँदी पसलमा वम विस्फोट, ६ जना घाइते

लहान, ९ चैत । नगरपालिका ७ मा बम विस्फोट भएको छ। विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। शुक्रबार लहानमा हाट बजार लाग्ने गर्छ। हाटबजारको दिन सुनचाँदी पसलमा भिड रहेको थियो। त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद  झोला राखेका थिए। उनले झोला राखेको केही बेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताए। यो ठाउँमा प्राय सुनचाँचदीका पसलहरु रहेका छन्। घ...
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

काठमाडौं, ९ चैत ।  प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च...
कर्णाली प्रदेशमा एनजीओ र फेसबुक बन्दको घोषणा

कर्णाली प्रदेशमा एनजीओ र फेसबुक बन्दको घोषणा

कर्णाली प्रदेशका गैरसरकारी संस्था (एनजीओ) लाई नियमवन गरिने भएको छ। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा एनजीओलाई ‘आउट’ गर्ने घोषणा गरेका छन्। कर्णालीबासीलाई एनजीओले परनिर्भर बनाएको भन्दै उनले ‘आउट’ गर्ने घोषणा गरेका हुन् । उनले जनवादी शैलीमा नै एनजीओको गतिवधिलाई नियन्त्रण गर्ने बताए। एनजीओ नजाँदा कर्णालीको उत्पादनले उनीहरुलाई पुग्ने गरेको बताउँदै काठमाडौमा आयोजित पत्रकार सम्मेलनम...
फुङलिङको इको भ्यु पोइन्ट होटलमा आगलागी

फुङलिङको इको भ्यु पोइन्ट होटलमा आगलागी

ताप्लेजुङ,९ चैत । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको होटल इको भ्यु पोइन्टमा शुक्रबार बिहान आगलागी भएको छ । आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए । बिहानै बिद्युत सर्ट भई आगलागी...
दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

सोल, ९ चैत ।  दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनी पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ ।  उनी आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ सम्म उनी आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले गरेका का...
दश घर, एक पोखरी अभियान शुरु

दश घर, एक पोखरी अभियान शुरु

अर्घाखाँची, ९ चैत । पोखरी मासिएका कारण दिन प्रतिदिन पानीका मुहान सुक्दै गइरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा १० घर एक पोखरी अभियान शुरु गरिएको छ । गाउँगाउँमा रहेका पोखरी संरक्षणको अभावमा मासिँदै गइरहेका बेला युवाको सक्रियतामा अभियानको शुभारम्भ गरिएको हो । पोखरी मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिञ्चित हुन नपाएका कारण पानीका मुहान सुक्दै गएपछि प्रकृतिको संरक्षणको लागि अभियान शुरु गरिए...
मेची आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापना

मेची आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापना

सुरुङ्गा, झापा, ९ चैत । झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ । दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका रोगीसहित आँखादान गर्न चाहने सर्वसाधारणसमेत उत्साहित बनेका छन् । बिर्तामोड नगरपालिका–१ का राजकुमार ओलीले आफू मरेपछि पनि आफ्नो ...
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकोट, ९ चैत ।  दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र  दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद...
निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

पथरी, मोरङ, ९ चैत । उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिएका छन् । भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिएको छ । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उनले बताए । श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाएका छन्      । बुबा इन्द्...
ताप्लेजुङमा ‘फुङलिङ म्युनिसिपालिटि’ मोबाइल एप्स

ताप्लेजुङमा ‘फुङलिङ म्युनिसिपालिटि’ मोबाइल एप्स

काठमाडौं, ९ चैत ।  फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ । शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त एप्स जिल्लामै पहिलो पटक भएको र ‘फुङलिङ म्युनिसिपालिटि’ नाम र...
प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर

प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर

गाईघाट, उदयपुर, ९ चैत । जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ । प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर जानु भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हालसम्म कार्यालय प्रशासन प्रमुखविहीन बन्न पु...
धनकुटामा आगो निभाउने क्रममा जलेर मृत्यु

धनकुटामा आगो निभाउने क्रममा जलेर मृत्यु

धनकुटा, ९ चैत । धनकुटाको सहिदभूमी गाउँपालिका–२ स्थित ईलामे थालाखाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमी गाउँपालिका–२ का ५० बर्षीय वेनु प्रसाद छारा छन् । विहीबार अपरान्ह ३ बजेतिर आगो निभाउने क्रममा आगोले पोलेर गम्भीर घाईते भएका छारालाई उपचारका लागि विराटनगर लैजादै गर्दा वाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगलागीबा...
सडकको लालपूर्जा व्यक्तिको नाममा !

सडकको लालपूर्जा व्यक्तिको नाममा !

म्याग्दी, ९ चैत । ०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाए पछि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् । न मुआब्जा, न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । अन्नपूर्ण गाउँपालिका–३ दानाका नेत्र गर्बुजाको तीन रोपनी जग्गा सडक विस्...
काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

काठमाडौँ, ९ चैत । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससल...
टयांकर चालकद्वारा सुस्तःमनस्थिति भएकी किशोरीमाथि बलात्कार

टयांकर चालकद्वारा सुस्तःमनस्थिति भएकी किशोरीमाथि बलात्कार

आठराई, तेह्रथुम, ९ चैत । तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फ...
चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

काठमाडौं, ९ चैत ।  काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ । मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन् । मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड,...
कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

काठमाडौं, ९ चैत । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ।नवौं भाषा परीक्...
बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

ताप्लेजुङ, ९ चैत। एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा ...
२०७४ चैत ९ गते शुक्रबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत ९ गते शुक्रबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत ९ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च २३ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– षष्ठी, १२:०८ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिने...
हिलेमा फुड फेष्टिवलको तयारी तिव्र, उद्घाटन गर्न पर्यटन मन्त्री आउँने

हिलेमा फुड फेष्टिवलको तयारी तिव्र, उद्घाटन गर्न पर्यटन मन्त्री आउँने

धनकुटा, ८ चैत । धनकुटाको ब्यापारिक केन्द्र हिले बजारमा हुन लागेको पहिलो हिले फुड फेष्टिवलको तयारी तिव्र पारिएको छ । हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन धनकुटाको संयुक्त आयोजनामा चैत ११ देखि १५ गतेसम्म फेष्टिवल गर्ने तयारी गरिएको छ । आयोजकले बिहीबार हिलेमा पत्रकार सम्मेलन गरेर फेष्टिवलको तयारी तिव्र रुपमा भईरहेको जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन र स्थानी...
बेलहाराका आगलागी पीडितलाई सहयोग

बेलहाराका आगलागी पीडितलाई सहयोग

धनकुटा, ८ चैत । धनकुटा–९ वेलहाराका आगलागी पीडितलाई सामुदायिक वन उपभोक्ता नगर महासंघले आर्थिक सहयोग गरेको छ । धनकुटामा आज राहत वितरण कार्यक्रम आयोजना गरि आगलागी पीडित ६ परिवारलाई आर्थिक सहयोग गरिएको हो । आगलागीका कारण घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएका मानबहादुर राई, गोपाल भण्डारी, धुव्र भण्डारी र मुखजित राईलाई ५/५ हजारका दरले रकम प्रदान गरिएको छ । यता घरमात्र जलेर नष्ट भएका मनमाया राई र कुलवहादुर ...
न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल

न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल

नेपालगञ्ज, ८ चैत । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताएका छन । यहाँ निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको आज उद्घाटन गर्दै उनले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्फ कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिए । महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै स...
सहकारी राष्ट्रिय सम्मेलन चैत चौथो हप्ता हुने

सहकारी राष्ट्रिय सम्मेलन चैत चौथो हप्ता हुने

काठमाडौं, ८ चैत । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको छ । एक वर्षअघि नै हुन लागेको सो सम्मेलनमा यस वर्ष भारत, चीन, जापान,...
error: Content is protected !!