अमेरिका, क्यालिफोर्निया, २४ वैशाख । अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ ।

Advertisement

सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो ।

नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग संकलन भएको हो ।

अमेरिकाको विभिन्न भागमा आफ्नो सामुदायिक भवन निर्माण कार्यको अग्रसरता बढेसँगै कोलोराडो निवासी नेपालीले समेत सप्ताहको आयोजना गर्दै रकम संकलन गरी भवन निर्माणको कार्यको शुरुवात गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!