काठमाडौं, २४ वैशाख । बलिउडकी नायिका करिष्मा कपुर नेपाल भित्रिदै छिन् । उनी  एक गहना शोरुमको उद्घाटनका लागि नेपाल आउन लागेकी हुन् ।

Advertisement

मेरिगोल्ड सयपत्री ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको उद्घाटन सोमबार हुन लागेको हो । करिष्मा बिहान ९ बजे नेपाल अवतरण गर्ने शोरुमका मिडिया संयोजक शम्भु अधिकारीले जानकारी दिए ।

उनले दिउँसो साढे १२ बजे रिबन काटेर नयाँ शोरुमको उद्घाटन गर्ने अधिकारीले बताए ।

करिष्माको नेपाल बसाई कति लामो हुने हो त्यसबारे जानकारी आइसकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!