पाँचथर, २४ वैशाख। मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ ।

Advertisement

फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउनुभयो ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उहाँले जोड दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!