काठमाडौँ, २० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार आज अन्त्येष्टि गरिएको छ ।

Advertisement

उहाँलाई श्रद्धाञ्जलि दिन आर्यघाटमा आफन्त, शुभेचछुक, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पुग्नुभएको थियो । मिर्गौला रोगबाट पीडित ७६ वर्षीय शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो ।

उहाँ करिब दुई महिनादेखि सोही अस्पतालमा उपचारका क्रममा हुनुहुन्थ्यो ।

डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्वप्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँका दुई श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!