काठमाडौँ, २० जेठ । सन् २०३० सम्ममा ५० लाख पर्यटक आगमनको जग बनाउँदै दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको नेतृत्वमा नेपाल पर्यटन बोर्डको आयोजना र प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरको हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे संकरण सम्पन्न भएको हो ।

उक्त मार्टमा ३७ वटा देशका १६० विदेशी प्रतिनिधिको सहाभागिता रहेको थियो भने ५४ बायर्स र नेपाल भारत, चीन, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएईलगायत सातवटा देशाट ५२ बिक्रेताको सहभागिता थियो ।

यस कार्यक्रमले नेपाललगायत दक्षिण एशियाका सबै पर्यटन व्यवसायीलाई समावेश गरेको आयोजकले जनाएको छ । यही जेठ १८ देखि २० गतेसम्म आयोजना भएको यस कार्यक्रमले सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्राउने अवधारणाका विषयमा आफ्ना प्रस्तुति दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!