दार्चुलामा भालुको पित्तसहित दुई पक्राउ

दार्चुलामा भालुको पित्तसहित दुई पक्राउ

दार्चुला, २५ असार । भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए । बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्...
तीनदिन देशैभर बदली र वर्षा हुने

तीनदिन देशैभर बदली र वर्षा हुने

काठमाडौँ, २५ असार । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो । आज दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशक...
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याल नियुक्त, आजै पदभार

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याल नियुक्त, आजै पदभार

काठमाडौँ, २५ असार । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्रदान गरेको हो । नवयिुक्त प्रमुख कार्यकारी अधिकृत अर्यालले आज आफ्नो पद बहाली गर्नुभएको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौ...
ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

काठमाडौँ, २५ असार । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन । जिल्ला प्...
मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख

काठमाडौँ, २५ असार । मुस्ताङको स्याङ्बोचेमा सडक दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले ५–५ लाख रुपैयाँ राहत दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् । मुस्ताङको स्याङ्बोचे लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनास्थ...
भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

काठमाडौँ, २५ असार । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ । छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा नेपालका तर्फबाट उक्त मन्त्रालय र रेल विभागक...
इलामको माङसेबुङमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु पाँच घाइते

इलामको माङसेबुङमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु पाँच घाइते

इलाम, २५ असार । इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते हुनुभएका माङसेबङ गाउँपालिका–६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते पा...
वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

पर्वत, २५ असार । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् । पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताए । बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते...
वर्षाका कारण १०० को मृत्यु भएपछि जापानी प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

वर्षाका कारण १०० को मृत्यु भएपछि जापानी प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

टोकियो, २५ असार । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ । उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अव...
धनकुटा कांग्रेसको शोक बक्तब्य: अधिकारी र चापागाईको निधनले पार्टीलाई क्षति

धनकुटा कांग्रेसको शोक बक्तब्य: अधिकारी र चापागाईको निधनले पार्टीलाई क्षति

धनकुटा, २५ असार । नेपाली कांग्रेस धनकुटाले सोमबार शोक बक्तब्य जारी गर्दै पार्टी निकट दुई ब्यक्तिको निधनले अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ । नेपाल शिक्षक संघका जिल्ला सदस्य धर्म अधिकारी र महालक्ष्मी नगरपालिका–४ का सभापति यज्ञ बहादुर चापागाई (भरत) की धर्मपत्नी कोपिला चापागाईको निधनले पार्टीलाई क्षति पुगेको कांग्रेसले जनाएको हो । पार्टी जिल्ला सचिव बिजयसन्तोषी राईले शोक बक्तब्य जारी गर्दै मृत...
घुससहित इन्जिनियर पक्राउ

घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
बालिका बलात्कार आरोपमा ९९ वर्षीय प्रधानाध्यापक पक्राउ

बालिका बलात्कार आरोपमा ९९ वर्षीय प्रधानाध्यापक पक्राउ

काठमाडौँ, २५ असार । भारतको तमिलनाडुको राजधानी चेन्नईमा एक सरकारी स्कूलका ९९ वर्षीय अवकाशप्राप्त प्रधानाध्यापकले १० वर्षकी बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई जेल पठाएको छ । पुलिसका अनुसार आरोपी प्रधानाध्यापक परशुरामलाई सन्नीरकुप्पमस्थित उनको घरबाट पक्राउ गरिएको हो । एक भारतीय समाचार माध्यमका अनुसार परशुरामका पाँच घर छन् । तीमध्ये उनले सन्नीरकुप्पमस्थित घरलाई दुई वर्ष अघि ...
आगामी वर्ष १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

आगामी वर्ष १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

काठमाडौँ, २५ असार । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने दाबी गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्ट...
मजदुरको न्यनतम तलब तोकियो, साउनदेखि १४ हजार २ सय

मजदुरको न्यनतम तलब तोकियो, साउनदेखि १४ हजार २ सय

काठमाडौं, २५ असार । सरकारले आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ४५ सय रुपैयाँ थपिनेछ । यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ । सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबा...
भोजपुरको अरुण गाउँपालिकाद्वारा फरक क्षमता भएकालाई भत्ता

भोजपुरको अरुण गाउँपालिकाद्वारा फरक क्षमता भएकालाई भत्ता

भोजपुर, २५ असार । फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ । गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो । ‘ग’ र ‘घ’ वर्गका ७५/७५ जना गरी जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति वार्षिक रु छ हजारका दरले भत्ता प्रदान गरिएको स्थानीय सरकारका प्रमुख एवं गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जा...
दुई हप्तादेखि गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

दुई हप्तादेखि गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

थाइल्याण्ड, २५ असार । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ । दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चार जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धाको कार्य अति कठिन भएकोले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो । सोमबार पनि उद्धार कार्य स्थानीय ...
बार्षीक ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

बार्षीक ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

काठमाडौँ, २५ असार । मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेटलगायतका सामग्रीको खरिद बिक्रीमा उक्त रकमको कारोबार हुने गरेको जनाइएको...
तेह्रथुममा सडक निर्माणमा ढिलासुस्ती

तेह्रथुममा सडक निर्माणमा ढिलासुस्ती

तेह्रथुम, २५ असार । दुई वर्षअघि नै मार्ग खुलिसकेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको तेह्रथुम खण्डमा अहिले स्तरोन्नतिदेखि कालोपत्रसम्मको काम भइरहेको छ । तर कामको जिम्मा लिएका कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम नगर्ने गरेका कारण सडक निर्माण सुस्त गतिमा भइरहेको छ । कतिपय ठाउँमा मुआब्जा वितरण र रुख कटानमा समस्यालगायतले पनि अवरोध पु¥याएको निर्माण कम्पनीले जनाएका छन् । लोकमार्गको तेह्रथुम खण्डमा...
पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता

पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता

धनकुटा, २५ असार । धनकुटाको चौबिसे गाउँपालिका–४ भैसेटार स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा बगाउँदा एक युवक बेपत्ता भएका छन् । मोरङको केरावारी गाउँपालिका–४ याङशिला स्थित प्रगति चौकका २२ बर्षीय सुरेन्द्र लिम्बुलाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । भैसेटार स्थित तमोर पर्मा सिकाई थलो कल्चर सस्थामा कार्यरत लिम्बु पौडी खेल्न साथीसँग तमोर नदीमा पसेका थिए । पौडी खेल्ने क्रममा उनलाई नदीले ब...
विश्वकपमा भविष्यवाणी गर्ने बिरालोको हत्या

विश्वकपमा भविष्यवाणी गर्ने बिरालोको हत्या

काठमाडौँ, २५ असार । रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एक बिरालोको हत्या गरिएको आश‌कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। समुह चरणमा प्राय सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको एक खैरौ बिरालोको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ। ‘बिरालोको निधन कसरी भयो भन्ने अहिले अनुसन्धानको विषय बनेको छ। हामी त्यसको अनुसन्धान गर्छै।’ एक रसियन अधिकारील...
छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु

झापा, २५ असार । झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ । यता बिर्तामोड–२ निवासी धनमाया...
सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने

सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने

सुर्खेत, २५ असार । कम्प्यूटर एशोसियशन नेपाल महासंघ क्यान ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सार्वजनिक गरेको हो । सम्मलेनमा महासंघका केन्...
सहसचिव–उपसचिवमा अब खुलाबाट भिड्न नपाइने

सहसचिव–उपसचिवमा अब खुलाबाट भिड्न नपाइने

काठमाडौँ, २५ असार ।  निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्वपर्धाको प्रावधान हटाउन लागेको हो । मन्त्रालयले अर्थ मन्त्रालयको सुझावअनुसार ९० प्रतिशत पदपूर्ति ज्येष्ठताका आधारमा र १० प्रतिशत अन्तरसेवा प्रतियोगितात्मक परीक्षाबाट गर्नेगरी व...
कर्मचारीको अनिवार्य अवकाश ६० वर्ष पुर्याइँदै

कर्मचारीको अनिवार्य अवकाश ६० वर्ष पुर्याइँदै

काठमाडौँ, २५ असार । सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष बनाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको मस्यौदामा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्न प्रस्ताव गरेको हो । संघीय मामिला मन्त्रालयले अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको थियो ।अर्थले निजामती कर्मचारीले पाउँदै आएको केही सुविधा पनि कटौती गर्ने प्रस्ताव गरे...
अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

मोरङ, २५ असार । हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो । सम्मेलन फागुन २ र ३ गते ह...
नर्सिङ शिक्षामा शुल्क बृद्धी गर्ने तयारी

नर्सिङ शिक्षामा शुल्क बृद्धी गर्ने तयारी

काठमाडौँ, २५ असार । निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ । नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको हो । सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अ...
डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौँ, २५ असार । प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बिशेष केयर युनिटमा राखेर मोनिटरिङमा हेरी उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । अनसनको नवौं दिन उपचारमा संलग्न चिकित्सक टोली डा.प्रविण कुमार गिरी, डा. धिरज गुरुङ र डा.सिद्धार्थ खातीले सामुहिक हस्ताक्षरमा जारी गरेको रिपोर्ट अनुसार डा.केसीको छातीको बीच भागमा दुखाई, कमजोर, थकान महसुस, मांसपेशी बाउडिने, टा...
२०७५ असार २५ गते सोमबार/आजको राशिफल

२०७५ असार २५ गते सोमबार/आजको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । व्यापारबाट लाभ पाइने छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको मित्रसँग भेट...
कार्कीको हत्या गरेको अभियोगमा दुई पक्राउ

कार्कीको हत्या गरेको अभियोगमा दुई पक्राउ

भादगाउँ, २४ असार । चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ जगतपुर घर भई हाल नेपाली सेनाको श्री नयाँ सबुज गण, सुर्खेतमा कार्यरत प्युठ ३५ वर्षीय रामसागर चौधरी ...
कृष्णप्रसाद हत्यामा संलग्न स्वयम् अदालतमा उपस्थित, आजै कारागार चलान

कृष्णप्रसाद हत्यामा संलग्न स्वयम् अदालतमा उपस्थित, आजै कारागार चलान

काठमाडौँ, २४ असार । सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आजै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनको रत्रमा मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादको हत्या भएको थियो । हत्याको दोषी पौडेल ठहर भएका थिए । आफ्ना छोराको हत्याम...
नेपालमा वार्षिक तीस अर्बको फर्निचर कारोबार

नेपालमा वार्षिक तीस अर्बको फर्निचर कारोबार

काठमाडौँ, २४ असार । नेपालमा घर सजाउनका लागि महत्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार रु ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने फर्निचरको मात्रासमेत बढिरहेको छ । नेपाली मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन चाहने उपभोक्तालाई नेपाल फर्नीचर तथा फर्निसिङ संघले मेलाको...
error: Content is protected !!