संगालोखबर सम्वाददाता

धनकुटा, २५ असार । धनकुटाको चौबिसे गाउँपालिका–४ भैसेटार स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा बगाउँदा एक युवक बेपत्ता भएका छन् । मोरङको केरावारी गाउँपालिका–४ याङशिला स्थित प्रगति चौकका २२ बर्षीय सुरेन्द्र लिम्बुलाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

Advertisement

भैसेटार स्थित तमोर पर्मा सिकाई थलो कल्चर सस्थामा कार्यरत लिम्बु पौडी खेल्न साथीसँग तमोर नदीमा पसेका थिए । पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको हो ।

लिम्बु बेपत्ता भएपछि उनको खोजी तिव्र पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । घटनापश्चात मुढेबासबाट प्रहरी घटनास्थल गएको छ ।

मुलघाटमा पनि शसस्त्र प्रहरीसँग समन्वय गरेर बेपत्ता लिम्बुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!