- संगालोखबर सम्वाददाता

धनकुटा, २५ असार । नेपाली कांग्रेस धनकुटाले सोमबार शोक बक्तब्य जारी गर्दै पार्टी निकट दुई ब्यक्तिको निधनले अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

Advertisement

नेपाल शिक्षक संघका जिल्ला सदस्य धर्म अधिकारी र महालक्ष्मी नगरपालिका–४ का सभापति यज्ञ बहादुर चापागाई (भरत) की धर्मपत्नी कोपिला चापागाईको निधनले पार्टीलाई क्षति पुगेको कांग्रेसले जनाएको हो ।

पार्टी जिल्ला सचिव बिजयसन्तोषी राईले शोक बक्तब्य जारी गर्दै मृत आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारमा समेवदना व्यक्त गरेका छन् ।

स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्षसमेत रहेका चापागाईकी श्रीमतिको शनिवार र शिक्षक अधिकारीको आईतवार निधन भएको हो । मृतक दुवै जनाको पार्थिव शरिरको अन्त्येष्टि भईसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!