काठमाडौँ, २५ असार । प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बिशेष केयर युनिटमा राखेर मोनिटरिङमा हेरी उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

Advertisement

अनसनको नवौं दिन उपचारमा संलग्न चिकित्सक टोली डा.प्रविण कुमार गिरी, डा. धिरज गुरुङ र डा.सिद्धार्थ खातीले सामुहिक हस्ताक्षरमा जारी गरेको रिपोर्ट अनुसार डा.केसीको छातीको बीच भागमा दुखाई, कमजोर, थकान महसुस, मांसपेशी बाउडिने, टाउको दुख्ने तथा चक्कर लाग्ने, पिसाबमा किटान बढी रहेको समस्या देखा परेको छ ।

यतिबेला उहाँको निरन्तर मोनिटरिङ, नर्मल सलाईन दिईरहेको र आवश्यकता अनुसार अक्सिजन दिईको छ । रगतमा सेतो रक्तकोषको मात्रा क्रमिक रुपमा घट्दो क्रममा भएकाले संक्रमणबाट बचाउँन स्पेशल केयर युनिटमा राखी मोनिटरिङ जारी राखेको अन्य औषधि लिन नमानेको पनि चिकित्सक टोलीले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा.केसीको छाती दुख्ने, मांसपेसी बाउँडिने, पिसाबमा किटोनी बढी देखिएको छ । यो हुुनुको प्रमुख कारण शरिरमा शक्ति नभएका कारणले भएको हो । विगतका अनसनमा यो अवस्थाको सृजना अनसन बसेको दोस्रो सातापछि मात्र देखिन्थ्यो भने यतिबेला ५ औं अनसन देखि नै शुरु भएको छ । उहाँको स्वास्थ्यमा जुनसुकै बेला जे पनि हुन सक्ने अवस्था छ । उहाँलाई कुनबेला आईसियुमा राख्नुपर्ने हुन्छ थाहा छैन । नेपाल समाचारपत्रमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!