दार्चुला, २५ असार । भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।

Advertisement

बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले बंगाबगडबाट पैदल हिँडिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए।

प्रहरीले उनीहरुका साथबाट ८९६ ग्राम बराबरको भालुको पित्त बरामद गरेको छ । बरामद भएको भालुको पित्त तथा पक्राउ परेका अभियुक्तलाई चिकित्सा जाँच गराई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको उनले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!