आगामी साउन २५ देखि चलचित्र ‘टिनएज’ प्रदर्शनमा आउने

आगामी साउन २५ देखि चलचित्र ‘टिनएज’ प्रदर्शनमा आउने

काठमाडौ। आगमी साउन २५ गतेदेखि देशव्यापीरुपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘टिनएज’ ले टिनएजर्सहरुलाई संस्कार सिकाउने निर्देशक दिनेश पाख्रिनले बताएका छन् । यस नेपाली चलचित्र टिनएजर्सको वास्तविक प्रेमकथामा आधारित रहेको पनि जनाएको छ । उनी भन्छन्, ‘मेरो फिल्ममा अधिकांश नयाँ कलाकार हुनुहुन्छ तर सबैको काम परिपक्क छ । चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन दिन चुक्ने छैन ।’ कलाकार नरेश वीर सिंहले...
११ वटा झोलुंगे पुलबाट म्याग्दीमा पच्चिस सय घरधुरी लाभान्वित

११ वटा झोलुंगे पुलबाट म्याग्दीमा पच्चिस सय घरधुरी लाभान्वित

म्याग्दी, ४ साउन । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ । रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो ३६५।८ मिटर झोलुंगे पुल निर्मा...
पूर्वी नेपालमा ५७ प्रतिशत धान रोपाई सकियो

पूर्वी नेपालमा ५७ प्रतिशत धान रोपाई सकियो

धनकुटा, ४ साउन । पूर्वी नेपालका १६ जिल्लामा ५७ प्रतिशत धान रोपाई सकिएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांक अनुसार साविकको पूर्वाञ्चल बिकास क्षेत्रका सवै जिल्लामा धमाधम धान रोपाई भइरहेको छ । मौसम सक्रिय रहेकाले महिनाभरमा आधाभन्दा बढि रोपाई भएको निर्देशनालयका बाली प्रचार अधिकृत अभिमन्यू अधिकारीले जानकारी दिए । समयमै बर्षा भएकाले असार महिनाभर उत्साहजनक रुपमा रोपाई भएको र साउन महिन...
आफैँले चलाएको गोली लागेर सैनिक गम्भीर घाइते

आफैँले चलाएको गोली लागेर सैनिक गम्भीर घाइते

 डोल्पा, ४ असार । डोल्पामा एकजना नेपाली सेनाका जवान आफेँले चलाएको गोली लागेर घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैँले गोली चलाई घाइते भएका थिए । आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला ...
होसियार ! महिलालाई कर्के ‘नजर’ लगाएमा पर्नुहाेला कानुनको फन्दामा

होसियार ! महिलालाई कर्के ‘नजर’ लगाएमा पर्नुहाेला कानुनको फन्दामा

काठमाडौ, ४ असार । महिलामाथि गलत अाशयले कर्के नजर लगाउने वा जिस्काउने गर्नुहुन्छ भने अब कानुनकाे फन्दामा पर्नुहुनेछ  । कुनै महिलाप्रतिको  हेराइ ‘गलत’ आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानुन आकर्षित हुने गर्छ । मुलुकी ऐनजस्तै मुलुकी अपराध(संहिता) ऐन २०७४ ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्क्याउनुलाई अपराध मानेको छ। भदौबाट लागू हुने मुलुकी फौजदारी संहिताले ऐनमा महिलाको मञ्जुरीविना क...
बालबालिका भोकभोकै विद्यालय !

बालबालिका भोकभोकै विद्यालय !

काठमाडौ, ४ असार । हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् ...
ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि…

ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि…

काठमाडौ, ४ असार । होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् । जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षी ईन्जिनियर ईन्द्र शाह पक्राउ परेका हुन् ।, मन्थली नगरपालिका १ स्थित एक होटेलमा मदिरा सेवन गरी कोठा खोज्दै गएका शा...
मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

क्वालालम्पुर, ४ असार । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ । मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंिगट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने ब...
सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस

सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस

काठमाडौ, ४ असार । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाण्ले बताए । सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशकी आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउन...
द्वन्द्वपीडितका ६० हजार उजुरी, साढे २ हजार मात्रै छानबिन

द्वन्द्वपीडितका ६० हजार उजुरी, साढे २ हजार मात्रै छानबिन

काठमाडौ, ४ असार । द्वन्द्वकालीन र गम्भीर मानवअधिकार हननका घटनाका दोषीमाथि कारबाहीका लागि छानबिन गर्न बनेको सत्यनिरूपण तथा मेलमिलाप आयोग अनुसन्धानमै अलमलिएको छ । छानबिन कसरी गर्ने भन्ने टुंगो लगाउन नसक्दा अधिकांश उजुरीको अनुसन्धानसमेत हुन सकेको छैन । सातै प्रदेशबाट ६० हजार ३ सय १६ उजुरी संकलन भएकामा २ हजार ६ सय ७ उजुरीको मात्रै विस्तृत अनुसन्धान पूरा भएको छ । तर, कारबाहीको सिफारिसका लागि के गर्...
अस्पतालभित्र नाङ्गो नाच !

अस्पतालभित्र नाङ्गो नाच !

काठमाडौ, ४ असार । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अनसनत डा. गोविन्द केसीलाई जबरजस्ती राजधानी ल्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र पसी जथाभावी गोली, अश्रुग्यास र लाठीचार्ज गरेर सरकारले नाङ्गो नाच देखाएको बताउनुभएको छ । अहिलेसम्म अस्पतालभित्र यस्तो उदण्ड गतिविधि नभएको भन्दै कांग्रेस सभापति देउवाले यो घटनाको कडा शब्दमा भर्सना गनुृभएको ...
पोखरामा ओलीलाई कालो झन्डा

पोखरामा ओलीलाई कालो झन्डा

काठमाडौ, ४ असार । नेविसंघका विद्यार्थीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् । प्रम ओली गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछि नेविसंघ कास्कीले विरोधस्वरुप कालो झन्डा देखाएको हो । डा. गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउँदै नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । तानाशाही ओली शासनले आम जनताको पस...
२०७५ साउन ४ गते शुक्रबार/आजको राशिफल

२०७५ साउन ४ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ श्रावण ०४ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुलाई २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर...
भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ

नयाँ दिल्ली, ३ साउन । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । ती महिला...
गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई आज विशेष सम्बोधन गर्दै उनले सप्तगण्डकी, दामोदरकुण्ड, मुक्तिनाथ, तालबाराही, तिलिचो, फेवा, वेगनास, रुपा, मैदी, दिपाङ, खास्टेजस्ता तालका साथै पञ्चासेलगायत रमणीय पर्यटकीयस्थलका कारण यसले असाधारण सम्भावना बोकेकाले यसक...
बिपी राजमार्गमा बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

बिपी राजमार्गमा बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

सिन्धुली, ३ साउन । बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् । सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन गरी सातजना घाइते भएका हुन् । सिन्धुलीतर्फबाट काठमाडौँ जाँदै गरेको सगरमाथा प्रालिको बा३ख २५४० नंको बस र काठमाडौँबाट सर्लाहीका लागि गुडेको ना४त ५२५३ नको कुखुरा बोक्ने पिकअप बोलेरो एकापसमा ठक्कर खाएको इलाका प्रहरी ...
माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो: सभापति देउवा

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो: सभापति देउवा

काठमाडौँ, ३ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती ...
चिकित्सा शिक्षा विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि स¥यो

चिकित्सा शिक्षा विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि स¥यो

काठमाडौँ, ३ साउन । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ । सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसद्मा पेश गर्नसमेत दिएको छैन । तर, सदनको...
भृकुटीमण्डपमा इक्यानको १२औँ शैक्षिक मेला शुरु

भृकुटीमण्डपमा इक्यानको १२औँ शैक्षिक मेला शुरु

काठमाडौँ, ३ साउन । नेपाल शैक्षिक परामर्श संघ इक्यानको १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको आज यहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरे । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र...
जुम्लाबाट डा. केसी काठमाडौं आए

जुम्लाबाट डा. केसी काठमाडौं आए

काठमाडौँ, ३ असार । सरकारको जर्बजस्ती र प्रहरी दमनपछि डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । अनसनस्थलमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दै डा.केसीका समर्थकलाई घाइते बनाएपछि उनी काठमाडौं जान तयार भएका हुन । ‘सरकार हिंसामा उत्रियो। प्रहरीले विद्यार्थीलाई समेत लाठी हानेको छ। अश्रुग्यास हानेको छ’, डा. केसीले भने, ‘यो हेर्न सक्दिनँ म काठमाडौं जान तयार छु।’ त्यहाँ पत्रकार सम्मेलन गरेर उनी...
कार्बन व्यापारबाट नेपाल पाँच अर्ब आम्दानी गर्दै

कार्बन व्यापारबाट नेपाल पाँच अर्ब आम्दानी गर्दै

काठमाडौँ, ३ साउन । विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्व बैंकसँग मिलेर अघि बढाएको छ । मन्त्रालयबाट तराईका जिल्लाका लागि तयार का...
गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु

गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्...
स्वास्थ्य सस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त (भिडियोसहित)

स्वास्थ्य सस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त (भिडियोसहित)

बिराटनगर, ३ साउन । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आवहन गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् । बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्दको बिरोधमा दिउँसो करिव एक घण्टा प्रदर्शन गरेका हुन् । ‘अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा ख...
केबलकार निर्माणमा चासो बढ्यो, २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन

केबलकार निर्माणमा चासो बढ्यो, २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन

काठमाडौँ, ३ साउन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ । सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व...
काठमाडौँमा गर्मी बढ्यो, केही स्थानमा ठूलो वर्षा हुनसक्ने

काठमाडौँमा गर्मी बढ्यो, केही स्थानमा ठूलो वर्षा हुनसक्ने

काठमाडौँ, ३ साउन । आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । आज दिउँसो देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम ...
प्रदेश नं १ का चार जिल्लामा तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल निर्माण

प्रदेश नं १ का चार जिल्लामा तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल निर्माण

विराटनगर, ३ साउन । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ । कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४/७५ मा मोरङका, लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा एक/एक वटा डिप ट्युबवेल निर्माण भएको । त्यस्तै आव २०७३/७४ मा शुरु भई गत आव २०७४/७५ मा सुनसरीको जलुवा, मोरङको लेट...
नेपाली राष्ट्रिय क्रिकेट टोली लण्डन प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोली लण्डन प्रस्थान

काठमाडौँ, ३ साउन ।  इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । बिहीवार त्रिभुवन विमानस्थलमा एक कार्यक्रमकाबीच नेपाली राष्ट्रिय टोलीको विदाई गरिएको हो । विमानस्थलमा सेभेन स्टार ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले टोलीलाई बिदाई गरेका हुन् । राष्ट्रिय टोलीको बि...
पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ: प्रधानमन्त्री

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ: प्रधानमन्त्री

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन । निर्माणाधीन विमानस्थलको धावनमार्गको आज यहाँ निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताए । सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने वचनबद्धता प्रकट गरे। ...
समर्थक कुटिएपछि काठमाडौं आउन सहमत भए डा. केसी

समर्थक कुटिएपछि काठमाडौं आउन सहमत भए डा. केसी

काठमाडौँ, ३ साउन । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएको बताइएको छ । अब केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गर्ने प्रहरीले जानकारी दिएको छ । यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरुले...
ट्राफिक कार्यालय महेन्द्रनगरद्वारा ४९ लाख राजश्व संकलन

ट्राफिक कार्यालय महेन्द्रनगरद्वारा ४९ लाख राजश्व संकलन

कञ्चनपुर, ३ साउन । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४/७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ । दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ । वर्षभरिमा २५ वटा चोरीका गाडी भेटिएको र उक्त गाडी भन्सारक...
प्रदेश नं १ को राजधानी गोठगाउँ हुनुपर्ने सुझाव

प्रदेश नं १ को राजधानी गोठगाउँ हुनुपर्ने सुझाव

भद्रपुर, ३ साउन । प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने आज बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिक, विभिन्न संघसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका हुन...
error: Content is protected !!